दुई ठूला महाशक्तिका प्रमुखबीच आज वार्ता हुँदै : सी र बाइडेन के चाहन्छन् ? – Nepal Press

दुई ठूला महाशक्तिका प्रमुखबीच आज वार्ता हुँदै : सी र बाइडेन के चाहन्छन् ?

काठमाडौं । विश्वका दुई ठूला अर्थतन्त्रका राष्ट्रपतिहरु नेपाली समयानुसार भोलि बिहान छलफलमा जुट्दैछन् । उक्त भर्चुअल छलफलतर्फ विश्वको ध्यान आकृष्ट मात्र भएको छैन, दुई ठूला महाशक्ति राष्ट्रले एकापसका तनावलाई कसरी व्यवस्थापन गर्नेछन् भन्नेतर्फ पनि चासो छ ।

गतसाता स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न राष्ट्रसंघीय जलवायु सम्मेलनमा जलवायुका असरविरुद्ध लड्न दुई मुलुकले संयुक्त विज्ञप्ति सार्वजनिक गरेको पृष्ठभूमिमा सी र बाइडेनबीच छलफल हुन लागेको हो ।

सी र बाइडेनबीच संवादका लागि आवश्यक मुद्दाहरुको कमी छैन । तर, पछिल्लो समय ताइवानलाई लिएर यी दुई मुलुकबीचको सम्बन्ध तनावपूर्ण चरणबाट गुज्रिएको छ ।

विज्ञहरु यी दुई नेताहरु तनाव व्यवस्थापन गर्दै र साझा चासोका क्षेत्रमा मिलेर काम गर्ने उपायहरु खोजीमा जुट्नेछन् । गत जनवरीमा बाइडेनले कार्यालय सम्हालेपछि सीसँग दुईपटक वार्ता भैसकेको छ । दुबै मुलुकबीच सहकार्यका अप्ठ्यारा रहेको दुबैले स्वीकारेका छन् ।

बाइडेन के चाहन्छन् ?

सीसँगको वार्तापछि बाइडेनले खासै ठूलो अपेक्षा गरेका छैनन् । तरपनि बैठक आफैमा महत्वपूर्ण उपलब्धी चाहिँ हो । केही वर्षयता दुबै मुलुकबीच रहेको खराब सम्बन्धलाई सुधार्नेमा उनीहरु केन्द्रित हुनेछन् ।

ताइवान वार्ताको मुख्य एजेन्डा हुनेछ । बेइजिङले ताइवानमा सैनिक उपस्थितीलाई व्यापक बनाउन खोजिरहेको बेला सो क्षेत्रमा सीले शान्ति र स्थिरता कायम गर्ने प्रतिबद्धता गरोस् भन्ने आशा बाइडेनको छ ।

यसको जवाफमा बाइडेनले पनि ताइवानको सार्वभौमसत्तालाई लिएर अमेरिकाको कुनै पोजिसन नरहेको कुरा चिनियाँ समकक्षीलाई आश्वस्त तुल्याउनुपर्छ । साथै उक्त बैठक द्विपक्षीय सम्बन्धका लागि अमेरिकी प्रशासनको चिनियाँ रणनीति स्थायी ढाँचामा आधारित हुनेछ भनेर सीलाई आश्वस्त तुल्याउनु पनि हुनेछ ।

बाइडेनको चीन नीतिबारे विदेशमन्त्री एन्टोनी ब्लिंकनले यसअघि नै स्पष्टरुपमा भनिसकेका छन् : सकेसम्म प्रतिस्पर्धा, सकेसम्म सहयोगी र आवश्यक परेमा विरोधी पनि ।’

सी के चाहन्छन् ?

अमेरिकी समकक्षीसँग वार्ता गरिरहँदा चिनियाँ राष्ट्रपतिको मुख्य मुद्दा ताइवान नै हुनेछ । चीनको पूर्वी सामुन्द्रीक किनारामा रहेको टापु मुलुक ताइवान एसिया बाहिरबाट हेर्दा निकै अस्पष्ट देखिन्छ ।

तर, बेइजिङका लागि ताइवान मातृभूमिमा पुनः एकीकरण हुनुपर्छ भनेर तय गरिएको मुद्दा हो । सी जिनपिङले यसलाई मुख्य विषय मानेरै छलफल गर्नेछन् ।

केही साताअघि बाइडेनले यदि चीनले ताइवानले आक्रमण गरे अमेरिकाले प्रतिरक्षा गर्ने बताएका थिए । अमेरिकी मूल्य र उसले उठाउने एजेन्डा स्पष्ट भएकाले सीले थप व्याख्या चाहन्छन् ।

साथै, अमेरिकाले कोभिड–१९ को उत्पतिबारे गरेको अनुसन्धानबारे पनि सीले प्रश्न उठाउन सक्छन् । गतसाता मात्रै बाइडेनले चिनियाँ टेलिकम कम्पनीलाई प्रतिबन्ध लगाएका छन् ।

साथै, बहुपक्षीय संयन्त्रहरुको पुनःस्थापना पनि सीको मुख्य एजेन्डा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर