प्रदेश २ : मुख्यमन्त्री राउतद्वारा वनमन्त्री राय बर्खास्त
नेपाल प्रेस
२०७८ कार्तिक ३० गते १५:३२
जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई बर्खास्त गरिएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् ।
नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन् । राजीनामा दिएर मार्ग प्रशस्त गर्न गरिएको आग्रहलाई नमानेपछि रायलाई बर्खास्त गरिएको बताइएको छ ।
प्रतिक्रिया