अमेरिकालाई उछिन्दै चीन बन्यो धनी देश : चीनको सम्पत्ति १२० खर्ब डलर पुग्दा अमेरिकाको ९० खर्ब – Nepal Press

अमेरिकालाई उछिन्दै चीन बन्यो धनी देश : चीनको सम्पत्ति १२० खर्ब डलर पुग्दा अमेरिकाको ९० खर्ब

काठमाडौं । महाशक्ति अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ । संसारका विभिन्न मुलुकको आर्थिक विवरणहरुको अध्ययन गर्ने संस्था म्यानेजमेन्ट कन्सलटेन्ट म्याकिन्जे एन्ड कम्पनीको पछिल्लो एक अध्ययनअनुसार पछिल्लो २० वर्षमा संसारको कूल सम्पत्ति तीन गुणाले बढेको छ ।

यो सम्पत्ति वृद्धिमा चीनको हिस्सा ३३ प्रतिशत छ अर्थात करिब १६ गुणाले बढी छ ।

उक्त अध्ययनका अनुसार सन् २००० मा संसारको कूल सम्पत्ति १५६ खर्ब डलर थियो भने सन् २०२० मा वृद्धि भएर ५१४ खर्ब अमेरिकी डलर पुग्यो । सन् २००० मै चीनको कूल सम्पत्ति ७ खर्ब डलर थियो भने सन् २०२० मा यसमा तीव्र वृद्धि भएर १२० खर्ब डलर पुग्यो ।

पछिल्लो २० वर्षमा अमेरिकाको सम्पत्तिमा दुई गुणाले वृद्धि भयो । सन् २०२० अमेरिकाको सम्पत्ति ९० खर्ब डलर पुगेको छ । प्रतिवेदनका अनुसार अमेरिकी सम्पत्तिको मूल्यमा वृद्धि नभएपछि चीनको तुलनामा निकै कम रह्यो । अन्ततः अमेरिकाले शीर्षस्थान गुमायो ।

रिपोर्टका अनुसार चीन र अमेरिकाको बढी धनको हिस्सा केही धनी व्यक्तिमा मात्र सीमित छ । यी दुई देशमा १० प्रतिशत व्यक्तिमा मात्र बढी धन जम्मा भएको छ । रिपोर्टका अनुसार यी दुई देशमा धनीको संख्यामा तीव्ररुपमा बढोत्तरी भएको छ जसका कारण धनी र गरिबबीच असमानता पनि बढिरहेको छ ।

विश्वको कूल सम्पत्तिको ६८ प्रतिशत हिस्सा अचल सम्पत्तिको रुपमा रहेको छ भने बाँकी अचल सम्पत्ति छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर