ईन्दु वर्माको अर्धशतकमा कतारलाई नेपालले दियो १४७ रनको लक्ष्य – Nepal Press

ईन्दु वर्माको अर्धशतकमा कतारलाई नेपालले दियो १४७ रनको लक्ष्य

काठमाडौं । ईन्दु वर्माको अर्धशतक प्रेरित पहिलो टी-२० सिरिजमा नेपालले कतारलाई १ सय ४७ रनको लक्ष्य दिएको छ ।

दोहाको वेस्टइन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि ईन्दुले ४७ बलमा ५ चौकासहित सर्वाधिक ५५ रन बनाइन् । ओपनर सिता राना मगरले ३३ बलमा ५ चौका सहित ३९ रन, काजल श्रेष्ठले ३ बनाएर पेभिलेन फर्केका थिए । त्यस्तै सरिता मगर २१ बलमा २ चौकासहित २१ रन कप्तान रुबिना क्षेत्री २ बलमा कुनै पनि रन नजोडी आउट भइन । कविता कुँवर ८ रन र अप्सरी बेगम शून्यमा अविजित रहे ।

कतारको बलिङ्मा एङ्लाइन मारे र साबेजा पानाएनले १/१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर