टी-२० सिरिज: कतारसँग दोस्रो खेल खेल्दै नेपाल – Nepal Press

टी-२० सिरिज: कतारसँग दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले कतारसँग जारी टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आज दोस्रो खेल खेल्दैछन् । दोहाको वेस्टइन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसाे ३ः४५ बजे सुरु हुनेछ ।

आइसीसी महिला टी-२० विश्वकप छनेट खेलको तयारी स्वरुप भइरहेको ३ खेलको सिरिजमा नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

पहिलो खेलमा नेपालले कतारमाथि फराकिलो जित निकालेको थियो । कतारलाई १ सय १९ रनले पराजित गरेको नेपालका लागि ब्याटिङ्तर्फ इन्दु बर्माले ४७ बलमा ५ चौकासहित सर्वाधिक ५५ रन बनाउँदै उत्कृष्ट इनिङ खेलेकि थिइन् । त्यस्तै बलिङतर्फ कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिएकी थिइन ।

नोभेम्बर २२ देखि २८ सम्म दुबईमा हुने विश्वकप छनोटका लागि नेपाली टोली नोभेम्बर १९ उतैबाट प्रस्थान गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *