विश्वप्रकाशले भने- ‘चितवनबाटै नेविसंघ सभापति बनेँ, महामन्त्रीका लागि आशीर्वाद लिन आएको छु’ (भिडिओ) – Nepal Press

विश्वप्रकाशले भने- ‘चितवनबाटै नेविसंघ सभापति बनेँ, महामन्त्रीका लागि आशीर्वाद लिन आएको छु’ (भिडिओ)

चितवन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा निर्वाचन जित्न चितवनको माटोको आशिर्वाद लिएको दाबी गरेका छन् । कांग्रेस भरतपुर महानगर वडा नम्बर ७ ले आयोजना गरेको कार्यक्रममा ‘दलमा रूपान्तरण र देशमा रूपान्तरणको अनिवार्य सर्त’ नामक अवधारणा पत्र सार्वजनिक गर्दै शर्माले यस्तो दावी गरेका हुन् ।

२१ वर्ष पहिले चितवनमा सम्पन्न महाधिवेशनबाट नै आफू नेपाल विद्यार्थी संघको सभापति बनेको स्मरण गर्दै प्रवक्ता शर्माले भने, ‘२१ वर्ष पहिले चितवनबाटै एक हप्ता चलेको महाधिवेशनबाट नेविसंघको सभापति बनेँ, विद्यार्थी आन्दोलन गर्ने नेतृत्वमा पुँगे, महामन्त्री बन्न चितवन माटोको आशीर्वाद लिन फेरि आएको छु ।’

उनले ४२ बुँदे अवधारणापत्र सार्वजनिक गरेका हुन् । यसअघि उनले असोजमा झापाबाट ‘राजनीतिमा परिवर्तन’सम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेका थिए। उनले १५ वर्षको सपना बोकेको कांग्रेस बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘एउटा चुनाव जित्ने अर्को चुनाव हार्ने अवस्था कांग्रेसले बदलेर लगातार १५ वर्ष जित्ने नीति बनाउनुपर्छ । कांग्रेसका दिन सिद्धिए भन्नेहरुनै ढोका ढक्काउँदै खोज्न आए, हामी १५ बर्षसम्म लगातार जित्ने लिएर हिड्नुपर्छ ।’

उनले कमजोर रुखलाई हाँगामा फेयर एण्ड लब्लि लगाएर नहुने व्यङ्ग्य गरे । ‘हांगामा फेयर एण्ड लब्लि लगाएर हुदैन’, उनले भने, ‘रुख बलियो हुन जरा बलियो बन्नुपर्छ, त्यसका लागि जरामा मल र गोडमेल हुनुपर्छ, वडा समिति सक्रिय हुनुपर्छ ।’ सत्ताका लागि गठबन्धन भएपनि महासमिति र जिल्लाबाट एस—नो भोटिङ गरेर आएको सुझावका आधारमा मात्रै आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने या नगर्ने निर्णय लिनुपर्ने बताए ।

उनले सामाजिक रुपान्तरणका सवाललाई कांग्रेसले बिर्सन नहुने बताए । नेपालको राजनीतिको शैली बदल्नुपर्नेमा जोड दिँदै उनले वान-टु-थ्री-फोर अवधारणा लागू गर्नुपर्ने बताए । उनले राष्ट्रपति एकपटक, प्रधानमन्त्री २ पटक, मन्त्री ३ पटक र सांसद ४ पटक बनेपछि राजनीतिबाट अलग्गिनुपर्ने नीति सारेका छन् ।

शर्माले सार्वजनिक गरेको अवधारणा पत्र यस्तो छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर