अखिल साँझ: जीवन शर्माको ‘सिमली छायाँ’ मा झुमे नेता कार्यकर्ता (तस्बिरहरु) – Nepal Press

अखिल साँझ: जीवन शर्माको ‘सिमली छायाँ’ मा झुमे नेता कार्यकर्ता (तस्बिरहरु)

काठमाडाैं । १० औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको अखिल शुभकामना साँझमा अहिले विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति दिइरहेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओली समेत सहभागी कार्यक्रममा जनगायक जीवन शर्माले सिमली छायाँ गीत गाउँदा नेता कार्यकर्ताहरु झुम्मिएका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अनेरास्ववियुले अखिल शुभकामना साँझमा गायक शर्माले सिमली छायाँ लगायतका गीत गाएका थिए । उनले गाउँदै गर्दा राष्ट्रियसभा सदस्य कोमल वली, अनेरास्ववियू अध्यक्ष सुनिता बराल लगायतका नेता कार्यकर्ताहरु नाचेका छन् । अहिले पनि कलाकारहरुको प्रस्तुति जारी नै रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर