महीमाथि सामन्तवादी आरोप, कोकाकोलाको साम्राज्य विस्तार
एउटा घटनाबाट कुरा सुरु गर्छु । मेरो लागि मेरो कर्मगाउँ जन्मगाउँ जस्तै छ । म माछामासु नखाने भएकाले जेठानी दिदी, काकीसासुहरु शाकाहारी खाना पकाएर कुर्नु हुन्छ । एकदिन काकीसासुकोमा पुगेकी थिएँ । पिँढीमा पुग्नेवित्तिकै सासुले सोध्नु भो– पानी ल्याउँ ? मैले भनेँ– मोइ दिनु न काकी कस्तो घटघट मोइ पिइदिउँजस्तो भएको छ । काकीले भन्नुभयो– मोइ त छैन । कोक छ । कोक पिउँछौं ? फेरि थप्नु भो– फ्रिजको चिसो छ, हुन्छ ? कोक त्यो पनि फ्रिजको भनेपछि मैले खान्न भनेर मुन्टो मात्र हल्लाएँ । अरु केही बोलिनँ । बरु गफिँदै गएर पित्ले गाग्रीको पानी सारेर पिएँ ।
खासमा अहिले गाउँ, गाउँ रहन सकेका छैनन् । गाउँमा सहर भित्रिइसकेको छ । सहरमा बरु खोज्नेहरुलाई डेरीमा मही पाइन्छ तर गाउँमा कोक, स्प्राइट खाने ? भनेर सोध्छन् । फ्रिजभित्र के राख्ने भन्ने त केही छैन, तर घर घरमा फ्रिज पुर्याएका छन् । किन ल्याएको भनेर सोध्दा सबैले ल्याए अनि हामीले मात्र किन नल्याउने ? भन्छन् । गाउँमा फ्रिज भित्र्याउँदा इज्जतदार, पुगिसरी आएको मान्छे भइन्छ भन्ने होड छ । तर यसको असरबारे कोही जानकार छैनन् ।
फ्रिजको अलिकति इतिहास हेरौं । खासमा फ्रिज पश्चिमका कि आठ महिना हिउँमात्र पर्ने कि त मरुभूमि मात्र भएका देशहरुमा तयार भए । अमेरिका, युरोपतिर यस्ता ठाउँ छन् जहाँ आठ महिना माइनस ४० डिग्रीसम्म चिसोमा बस्छन् ।
त्यस्तोमा जडिबुटी त के तरकारी पनि उत्पादन हुन्न । ती देशहरुमा अधिकांश फलफूल तरकारी एसिया र अफ्रिकाका देशबाट जान्छ । यसरी गएका सामान ताजै राख्न त्यहाँ थोरै भए पनि आफूअनुकुल तापक्रम बनाउन फ्रिज बनाइए । अर्को कुरा धेरै ठूला नरसंहारका आन्दोलन गरेका पश्चिमा देशहरुमा लडाइँमा जाने सेनाको औषधि कसरी सुरक्षित राख्ने भनेर वातावरणलाई समसितोष्ण बनाउन फ्रिज बनाएका हुन् ।
ती देशहरुमा वर्षमा दुईवटा मौसम मात्र हुन्छ । त्यसैले समसितोष्ण वातावरणमा चिजलाई राख्नलाई फ्रिज अत्यावश्यक थियो । उनीहरुले बनाए र प्रयोग पनि गरे । तर पृथ्वीको तापक्रम बढेको भन्दै पश्चिमा देशहरु अत्तालिन थालेपछि सन् १९७२ मा स्विडेनको स्टकहोममा पहिलो क्लाइमेट चेन्जसम्बन्धी बृहत् सम्मेलन भयो । जुन सम्मेलनले फ्रिज र गाडीको अत्यधिक प्रयोगले निस्किएको ग्यासका कारण सबै भइरहेको तथ्य बाहिर ल्यायो । त्यसपछि उनीहरुले फ्रिज घटाउन चेतावनी दिए । जसबारे विस्तृतमा जान्न युएन क्रोनिक्लेमा भएको ‘फ्रम स्टकहोम टु क्योटोः अ ब्रिफ हिस्ट्री अफ क्लाइमेट चेन्ज’ नामको रिर्पोट हेर्न सकिन्छ । तब फ्रिजमा अर्बौं लगानी गरेका व्यापारीहरु डम्प गर्न तयारी गरिएका ती सामान लिएर एसियाका देश भित्रिए ।
सबैभन्दा ठूलो गुलामी भनेको मानसिक गुलामी हो । गोरो छाला भएकोले जे गर्याे त्यो नै उत्कृष्ट भन्ने गुलाम मानसिकतामा बसेका हामीहरुको दिमागमा पस्न उनीहरुलाई केही गाह्रो पनि भएन । उनीहरुले दिएका विज्ञापनको प्रभाव यति पर्याे कि एक प्रतिशत पनि आवश्यकता नभएको हाम्रोजस्तो समसितोष्ण वातावरण भएको देशका हामी फ्रिज भित्र्याएर आँगनको पल्लो छेउमा भएको तरकारी टिपेर फ्रिजमा राख्न थाल्यौं ।
किनकि हामीलाई अभियन्ताहरुले यहाँको मास्नु र पराइको भित्र्याउनुलाई नै क्रान्ति र विकास भएको कुरा भरेका थिए । त्यसपछि हामी पित्ले गाग्री, माटोको गाग्राको पानीलाई प्लाष्टिकको भाँडा र फ्रिजमा राखेर खाने भयौं । प्लाष्टिक हाम्रो जीवनमा कति असरदार छ भनेर मैले धेरैपटक लेखेको छु । संसारभर सबैभन्दा धेरै प्रदूषण प्लाष्टिकले हुन्छ । त्यसमा सबैभन्दा धेरै प्लाष्टिक प्रयोग गर्ने कम्पनी पनि कोकोकोला हो । जुन कुरा संसारभर प्लाष्टिकको अध्ययन गरिरहेको कम्पनी breakfreefromplastic.com मा पनि हेर्न सकिन्छ ।
एउटा कुरा नभुलौं, चिस्यान सिद्धान्त उनीहरुबाट हामीले सिकेका होइनौं । एक त यो विश्वव्यापी थियो । त्यसमा पनि हाम्रोमा त पाँच हजार वर्षदेखि हिमालदेखि तराईसम्म सामान सुरक्षित राख्न माटोमुनि राख्ने चलन थियो र, छ । किनकि पृथ्वी आफैँ आवोहवा सम राख्ने सबैभन्दा धेरै क्षमता भएको प्राकृतिक औजार हो । जो अत्यन्त प्राकृतिक छ र लामो समय अनि धेरै मात्रामा राख्न सकिन्छ । सय वर्षअघि गाडेर राखिएका सामान जस्ताको तस्तै रहेको प्रसंङ्ग हाम्रा शास्त्रहरुमा हामी धेरै ठाउँ पाउँछौं । मात्र हामीले प्रविधि नबनाएको हो । किनकि हामीलाई खाँचो थिएन ।
पश्चिमाहरुको जीवन नै यति व्यस्त छ कि उनीहरु दैनिक पकाएर खान भ्याउँदैनन् । परिवार बसेर खाना खाने, सहयोग गर्ने, मान्छेको व्यवहार हेरेर साथ दिने संस्कृति छैन त्यहाँ । कत्तिको पैसावाल छ भन्ने आधारमा जीवनसाथी खोजिन्छ । त्यस्तो भागदौडमा आफूलाई अगाडि राख्न तराकारी पनि जम्मा गरेर राख्ने, खाना बनाएर राख्ने र निकाल्दै खाने अभ्यास बनाएका छन् । किनकि उनीहरुको त्यो बाध्यता हो ।
बासी त के, खाना खाने बेलामा पकाएर, खाना बनेको ४८ मिनेट भित्र खाना खाइसक्नु पर्ने नत्र विष बन्ने प्रक्रिया सुरु हुन्छ भन्ने कुरा वाग्भट्टदेखि महर्षिहरु सुस्रुत र चरकसम्मले भनेका छन् । यस्तो अभ्यासका हामीले उनीहरुको विज्ञापनको आधारमा ताजा खाना विष बनाएर मात्र खान थाल्यौं ।
बिहान पुज्ने पीपलले पनि साँझमा कार्वनडाइअक्साइड फ्याँक्छ भनेर आमाबुबाले साँझमा पीपलको फेदमा नजान भन्नुहुन्थ्यो । यसरी कार्वनडाइअक्साइड हाम्रो शरीरको लागि घातक ग्यास हो । अझ कार्वनडाइअक्साइड जत्तिकै विषयुक्त ग्यास हुन् क्लोरिन र फ्लोरिन पनि । यस्ता १२ ग्यासको प्रयोगले स्तरीय फ्रिज तयार भएको हुन्छ ।
फ्रिजमा राखेको चिज कसरी विष बन्छ भन्ने जान्न फ्रिज बन्ने प्रोसेस हेरौं । फ्रिजमा राखेको चिजमा सूर्यको प्रकाश र बाहिरको हावा रोकिन्छ । प्रकृतिको विरुद्ध गएर खानालाई त्यही अवस्थामा राख्न फ्रिजमा केही तारतम्य मिलाइएको हुन्छ । तापक्रम सम राख्न ग्यासहरुको प्रयोग गरिएको हुन्छ । फ्रिजको पछाडिपट्टी सीएफसी अर्थात् क्लोरिन, फ्लोरिन र कार्वन्डाइअक्साइड ग्यासको प्रयोग गरिएको छ भनिएको हुन्छ ।
जसलाई विज्ञानको भाषामा क्लोरोफ्लोरोकार्वन भनिन्छ । अब यी ग्यास के हुन् भनेर केमेष्ट्री पढ्नेलाई सोध्न सकिन्छ । अथवा क्लोरिन लेखेर हेर्नु होला यसको तल लेखेको हुन्छ– पोइजन अर्थात् विष । फ्लोरिन झनै धेरै विष । कार्वनडाइअक्साइडको बारेमा त भन्न पर्दैन, योजस्तो विष हाम्रो लागि अरु हुनै सक्दैन ।
बिहान पुज्ने पीपलले पनि साँझमा कार्वनडाइअक्साइड फ्याँक्छ भनेर आमाबुबाले साँझमा पीपलको फेदमा नजान भन्नुहुन्थ्यो । यसरी कार्वनडाइअक्साइड हाम्रो शरीरको लागि घातक ग्यास हो । अझ कार्वनडाइअक्साइड जत्तिकै विषयुक्त ग्यास हुन् क्लोरिन र फ्लोरिन पनि । यस्ता १२ ग्यासको प्रयोगले स्तरीय फ्रिज तयार भएको हुन्छ ।
यो त भयो फ्रिजको, अब कुरा गरौं गाउँ पुगेको कोक, फेन्टा, पेप्सी जस्ता पेय पदार्थको । खासमा म के खाँदैछु भनेर जान्न उपभोक्तालाई पूर्ण अधिकार हुन्छ । तर कोक कम्पनीले कोकमा के हालिन्छ भनेर जान्ने एकजाना व्यक्तिमात्र भएको र उसले भन्न नचाहेको कुरा निरधक्क ब्राण्डिङ्ग गर्छ । दुःख त त्यहाँ लाग्छ यस्तो कुरामा तथ्य खोज्नको सट्टा हाम्रा मिडिया तिनै समाचार छापेर पैसा थाप्छन् ।
लुकाइए पनि कोक, स्प्रइटमा के हुन्छ भनेर केमिकलको बारे अध्ययन गर्नुभएकाहरुलाई सोध्नु भएमा थाहा हुन्छ । कोक, स्प्राइट, फेन्टा जस्ता पेय पदार्थमा पोटासियम सोर्वेट, सोडियम ग्लुटामेट, फोस्फोरिक एसिड, एण्डो सल्फान र कार्वन्डाइअक्साइड प्रयोग गरेर यो पेय पदार्थ तयार गरिएको हुन्छ । थप कुरा https://www.medicalnewstoday.com/articles/297600#effects-on-the-body मा गएर हेर्न सकिन्छ ।
यस्ता कुराले हाम्रो शरीरमा मेटावोलिजम लेभल घटाउने, सुगर बढाउने र हड्डी गलाउनेदेखि क्यान्सर गराउँछ भनिएको छ । साथै यसमा ब्रोमिनेटेड भेजिटेवल वेल प्रयोग हुन्छ जसले युरिक एसिड बढाउने, किड्नीमा समस्या ल्याउने देखि मानसिक रोग निम्त्याउँछ । यो कुरा सन्त महासभामा प्रस्तुत गरिएको रिपोर्टमा उल्लेख छ । जसलाई २०१७ फेब्रवरी–८ को linkedin.com मा पनि हेर्न सक्नुहुन्छ । अझ फ्रिजमा राखेर खाँदा यसको विषको मात्रा कति पुग्ला अनुमान गरौं ।
कति जनाले मैले बट्टामा राखेर फ्रिजमा राखेको छु, केही हुन्न भनेर तर्क गर्नुहुन्छ । फ्रिजबाट निस्कने ग्यासहरु कति असरदार छन् भनेर १९१३ तिर नै लामो अध्ययनपछि ओजोन तह पातलिंदै गएको भनेर फ्रेन्च वैज्ञानिक फैबरी चाल्र्स र हेनरी बुसोनले लामो रिपोर्ट पेस गरेका छन् । जसले जलवायु परिर्वतन धर्तिमा निस्कने कार्वनको कारण भैरहेको र कार्वन निकाल्ने प्रमुख दुई चीज गाडी र फ्रिजर भएको तथ्य सार्वजनिक गरे । भनिएको छ क्लोरिन, फ्लोरिन जस्ता फ्रिजबाट निस्कने ग्यासको एक परमाणुले ओजोनको एक लाख अणुलाई नष्ट गर्न सक्छ । अब सोचौं, ओजोन तह छेड्न सक्ने यी ग्यास स्टिल छेडेर भित्र नपस्ला ?
कतिपयले यस्तो विष भए पश्चिमाहरु मर्नुपर्ने भन्ने तर्क गर्नुहुन्छ । अमेरिकामा बयस्कहरु कुन अवस्थामा छन् र तिनीहरु के कारणले यस्तो भइरहेका छन् भनेर अमेरिकन एडिक्सन सेन्टर २०१७ मा लिकालिएको रिपोर्ट हेर्न सकिन्छ । जहाँ ७५ प्रतिशत युवाहरुले निन्द्राको लागि ड्रग प्रयोग गर्ने गरेको कुरा उल्लेख छ । खानपानको कारण मानसिक समस्या खपिरहेका तिनीहरु डाक्टरको प्रेस्क्रिप्सन लिएरै औषधि प्रयोग गरिरहेका छन् भने बाँकी २५ प्रतिशत गैरकानुनी तरिकाले ड्रग प्रयोग गर्छन् भनिएको छ ।
अझ २०२० मार्च ३० मा madescape.com मा छापिएको आलेखमा त तत्काल अमेरिकामा मात्र ६३ मिलियन मान्छे कब्जियतको समस्यामा रहेको उल्लेख नै गरिएको छ । अमेरिका अहिले युवाहरुमा खानपान व्यवस्थित गर्न अरवौं डलर खर्चिरहेको छ । तर त्यो प्रयास सफल भैरहेको छैन । सम्झौं त जुन देशका युवा नै निद्रा नलाग्ने भएर औषधि खाएर निदाउनु पर्छ त्यो देशको अवस्था कस्तो होला ?
साह्रै टीठलाग्दो कुरा त के छ भने हामी एक लिटर दूध ६० रुपैयाँमा किनेर खान मान्दैनौंं, महंगो भयो भनेर किसानलाई गाली गर्छौं । तर विनाहिचकिचाहट विष किनेर खाइरहेका छौं । खाएका मात्र छैनौं, किनेर फ्रिजमा राखेर थप विष भरेर गर्वका साथ अरुलाई पिलाइरहेका पनि छौं ।
यहाँसम्म कि फिनेलको, कोकको हार्पिकको सबैको पीएच २.४ नै रहेछ । अथात् हार्पिक जस्तै असरदार छन् यी पेय पदार्थ । कोकोकोला बारेको प्रवचनमा राजीभ दीक्षितले एकठाउँमा भन्नुभएको छ, ‘चिसो भनैकै कोकाकोला होइन, ट्वाइलेट सफा गर्ने भनेकै कोकाकोला भन्नुपर्छ ।’ किनभने यो हार्पिक जस्तै ट्वाइलेट सफा गर्ने तहको एसिड हो । विश्वास नलागे ट्वाइलेट सफा गरेर हेरे हुन्छ । यस्तो चिजसँग यतिविघ्न आसक्ति र हाम्रा पेय पदार्थप्रति घृणा के का लागि ?
साह्रै टीठलाग्दो कुरा त के छ भने हामी एक लिटर दूध ६० रुपैयाँमा किनेर खान मान्दैनौंं, महंगो भयो भनेर किसानलाई गाली गर्छौं । तर विनाहिचकिचाहट विष किनेर खाइरहेका छौं । खाएका मात्र छैनौं, किनेर फ्रिजमा राखेर थप विष भरेर गर्वका साथ अरुलाई पिलाइरहेका पनि छौं ।
अर्को हाम्रो चेतनास्तर कस्तो छ भने कोकाकोला पिएपछि पिइस भन्ने पहाड नै एकै फड्कोमा उक्लन सक्छन् भन्ने विज्ञापनको भरमा हामी विष त खाँदैछौं नै, साथमा भएका हाम्रा अमृतजन्य पेय पदार्थको दर्दनाक विस्थापन पनि गर्दैछौं ।
पाँचवटा औषधीय गुण भएका चिज मिलेर बनेको पेय पदार्थ हो पञ्चामृत । तर आज कतिजनालाई नाम थाहा होला पञ्चामृतको ? पूजामा पनि हामी करले मात्र बनाउँछौं । किनकि हाम्रा संस्कृतिमा भएका कुरालाई त हामीले आधुनिक बन्ने नाममा रद्दि बनाइदियौं ।
माटोका ग्रागा, पित्ले गाग्राको पानी पिउने त पाखे भइगयौं । छ्याङ बन्थ्यो । भकिमिलो, लालचन, लप्सी, जहाँ जे पाउँछ त्यहाँको जातजातिका संस्कार अनुसारका सर्वत बन्थे, जो एकदमै गुणकारी थिए । यस्ता कुरा खाने हाम्रा अघिल्ला पुस्ता निरोगी थिए । तिनीहरु असी नब्बेको उमेर कटिसक्दा पनि ठमठम हिँड्ने, भारी बोक्ने, रुख चढेर हाँगा काटिरहेका भेटिन्थे । पछिल्लो पुस्ताका हामी थोरै उमेर ढल्कंदा नै काम गर्न नसक्ने शारीरिक मानसिक समस्यामा देखिन्छौँ ।
समस्या त यहाँ के छ भने यस्तो जान्दाजान्दै पनि हामीले औषधियुक्त गुणले भरिपूर्ण पञ्चामृत बनाएर खानुहोस् भन्न डराउनु पर्ने भएको छ । गहुँतपानी जसले हाम्रो शरीरमा करक्युमेत तयार गर्छ । करक्युमेनले हाम्रो शरीरमा क्यान्सर पैदा हुन दिँदैन । यस्तो कुरा खाउ भन्न लाज मान्नु पर्ने तर पेप्सी कोकजस्ता विषाक्त पेय पदार्थलाई पनि विज्ञापनमा तागत दिने वस्तुका रुपमा देखाएर घरघर पुर्याइएको छ । यस्तो विषाक्त पानीको मूल्य भने लिटरको ९० रुपैयाँ । तर यस्तै पिएर आधुनिक भइरहेका हामीहरुलाई न स्वाथ्यको चासो छ न आफू बाँच्ने संस्कृतिको नै ।
कोक, फेन्टा, रेडबुल जस्ता पेय पदार्थ खाएर उकालोमा गाडी लैजान सकिने, खोला तर्न सकिने, भीरमा जम्प हान्न सकिने, डरलाई जित भन्दै बाघ पनि डराउने जस्ता झूठा विज्ञापन खुलेआम बजाइन्छ । यस्तो झूठ प्रचार गर्नु दण्डनीय कार्य हो ।
हामीले हाम्रा पेय पदार्थको मोल पनि लगाएनौं । हाम्रा प्रोटिन र क्याल्सियम भरपुर भएको दूध, उखुको रस, नरिवलको पानी कम भन्दा कम मोलमा पाइन्छ । यसरी संसारका सबै राम्रा चिज मोलतोल गर्न नसकिने हुन्छन् । हामीले कम मोलमा पाइयो भनेर यसको महत्व कम ठान्यौं । तर सभ्य हुनु स्वाथ्य हुनु हो भनेर भुल्यौं । त्यसैले विहे पार्टीमा भरपुर प्रोटिन भएको दूध भन्दा झण्डै दोब्बर महंगाेका विशाक्त पेय पदार्थका वोत्तले नै हामीलाई तान्यो । औषधीय गुणले भरिपूर्ण हाम्रा पेय पदार्थलाई जसरी विषाक्त रंगीन पानीले बगाइदियो त्यसैगरी हाम्रो चेत पनि खैरो छालाको रंगीन विज्ञापनले विस्थापन नै गरिदिएयो ।
कोक, फेन्टा, रेडबुल जस्ता पेय पदार्थ खाएर उकालोमा गाडी लैजान सकिने, खोला तर्न सकिने, भीरमा जम्प हान्न सकिने, डरलाई जित भन्दै बाघ पनि डराउने जस्ता झूठा विज्ञापन खुलेआम बजाइन्छ । यस्तो झूठ प्रचार गर्नु दण्डनीय कार्य हो । तर खै कहिले आउला यसलाई कारबाहीको दायरामा ल्याउने सरकार ? जसले जे विज्ञापन गर्यो पाउने हो ? खुलेआम यस्तो लुट हुँदा किन चुपचाप छौं हामी सबै ?
हामीमा कुनै पेय पदार्थ नभएर हामीले त्यस्ता विष पिएर सभ्य देखिनु परेको कहाँ होर ? मोही, लस्सी, खरबुजाको रस, नरिवलको पानी, उखुको रस, जुनारको रस, हामी यहाँ ठाउँ अनुसारका फलफूलका रस पिउन सक्छौं । विवाह, पार्टीमा घर आँगनकै ताजा फलफूलका रस पस्कन सक्छौं । जुनार उत्पादन गर्ने जिल्ला भनेर रामेछाप, सिन्धुलीलाई चिनिन्छ । सुन्तलाको लागि स्याङ्जा अगाडि छ । दूधको लागि इलाम छ । तराइमा लगानी गर्न सके सबैतिर उखु नभए नरिवल हुन्छ । हिमालमा उत्पादन भएका स्याउ यता झार्न नसकेर बोटमै कुहिएका तथ्य हाम्रा अगाडि छन् । यस्ता अर्गानिक उत्पादन जुन प्रशोधन नै नगरी खान सकिने छन् । तर हामी विषाक्त पानीमा गाडिएका छौं । मोइलाई सामन्तवादको प्रतीक मानेर साम्राज्यवादी कोकाकोलाको वाहवाही हुनु दुःखद् छ ।
पहिले विवाह पार्टीमा छ्याङ बाँडिन्थ्यो । उखुका रस, लस्सी बाँडिन्थ्यो । तर यी सबै छोडेर विवाह पार्टीमा कोक पेप्सीले ठाउँ लियो । किनकि कोक पिउने सभ्य र मोइ पिउने असभ्य भनेर हामीलाई विज्ञापनले घुसाइदिएको छ । यसरी हाम्रा औषधियुक्त पेय पदार्थलाई विषाक्त पेय पदार्थले विस्थापन गरेको छ । तर हामी केही भएकै छैन जसरी यस्ता कुरा चुपचाप हेरेर बसेका छौं । हुँदा हुँदा अहिले हामीले उत्पादन गर्ने छयाङ, स्थानीय रक्सी खान हुन्न भनेर प्रचार गर्न थालिएको छ । अन्तर्राष्ट्रिय व्यायारीले विष बेचेर पैसा लान सहज बनाइएको छ । जसले पैसासँगै हाम्रो स्थानीय खानपान, रहनसहन, खोज गर्ने क्षमता र चेत सबै खुर्किएर लगेका छन् ।
अन्तर्राष्ट्रिय ब्राण्डका विषयुक्त खानपान र पेय पदार्थ भित्रिँदा हामी जसरी अस्वथ्य भएका छौं त्यसैगरी हाम्रा भाषादेखि विभिन्न संस्कृतिले बाँधिएको समाजमा विषाक्त संस्कृति जबर्जस्त घुसाइँदा समाज पनि अस्वस्थ छ । हार्पिक र भुइँ पुछ्ने फिनेल जस्ता पेय पदार्थले हाम्रा मोइ, उखुको जुस, लस्सी र नरिवल पानी विस्थापन गरेजस्तै हाम्रो समाजमा लागू नै हुन नसक्ने संस्कृति भित्र्याएर हाम्रा जीवनोपयोगी संस्कृतिको विस्थापन गरिरहेका छौं ।
गज्जव राम्रो संदेश ! तर दुर्भाग्य ब्यापारिक संसारले प्राकृतिक शुद्धतालाई ध्वस्त पारिदिएको छ, जुन निकै डरलाग्दो स्थिति हो !
Sabai lekh haru utkrista chhan tapaiko. eso herdai jaadaa laastma Khukri rum ko add.
कति राम्रो सोच कति राम्रो लेख म यसलाई अाजैवाट मेरो जिवनमा मेरो परिवारमा लागु गर्ने कोसिस गर्छु र सवैलाई लागु गर्न कोसिस गर्छु
आजकल गामतिर पानी भर्ने ओसार्ने सार्ने राख्ने पिउने सवै भांडाेहरु काेक फेण्टाकाे वाेतल नै रहेछ। काेक फेण्टाकाे वाेत्तलले नसजिएकाे घर भान्छा टेवुल र स्कुल व्याग सायदै भेटिएला । गामतिर डाेकाभरि काेकका वाेत्तलमा पानी वाेकेर हिडेकाे दृष्य सामान्य हाे । विचरा पित्ले गाग्रि र घैंटाहरुकाे विजाेग । यहिवाट वुझिन्छ काेकफेण्टाकाे साम्राज्य र हाम्राे निरिहता । अझ गज्जव त के छ भने गाग्राे पित्ले गाग्रि र हजाराै वर्ष देखिकाै आफ्नै परम्परा र अघाेषित पेटेण्ट राईट रहेकाे यस्तै प्रविधि र शिपलाई जस्ले काेकले विस्थापन गरेर काेकेहरुकाे भरिया भए तिनका शिल्पीहरुकाे शिप र जीविकाेपार्जनलाई जरैदेखि ध्वस्त वनाए तिनकाे विचिल्लि वनाए नि तिनैले ति समुदायहरु पछि परे दमन र उत्पिडनमा पारिए भनेर तिनैकाे उत्थान गर्ने भन्दै उनै काेकवालाहरुकाे पाउमा लम्पसार पार्दै झन पछि पार्दैछन ।
राम्रेा लेख