डिसहोमले आफ्ना ग्राहकलाई निःशुल्क इन्टरनेट दिने – Nepal Press

डिसहोमले आफ्ना ग्राहकलाई निःशुल्क इन्टरनेट दिने

काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिसहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।

कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क प्रदान गर्ने भएको हो ।

गत साउनदेखि रोकिएको यो प्याकेज आजदेखि पुनः सञ्चालनमा ल्याइएको डिसहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए ।
यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ (भ्याटसहित) मा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।

त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँमा डिसहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्नसक्ने छन् । डिसहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउनेछन् । हाल देशका मुख्य सहरहरूमा डिसहोमको फाइबरनेट सेवा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर