न्यायापालिकाको समस्या राजनीतिक हो, जति विलम्ब त्यति नै घातक: यादव – Nepal Press

न्यायापालिकाको समस्या राजनीतिक हो, जति विलम्ब त्यति नै घातक: यादव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता मात्रिका यादवले न्यायालयभित्र देखिएको विवाद राजनीतिक विवाद भएको बताएका छन् । न्यायालयको विवाद राजनीतिक विवाद भएकाले त्यसको समाधानका लागि ‘अग्रगमनकारी शक्ति’ले पहल लिनुपर्ने यादवको भनाई छ ।

विवाद समाधान गर्न जति विलम्ब हुन्छ त्यती नै घातक हुने चेतवानी दिँदै उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो समस्या राजनीतिक समस्या नै हो । प्रतिगमनकारीहरु सक्रिय रहेकोले यसको समाधानमा अग्रगमनकारी शक्तिहरूले अब तत्काल पहल लिनु पर्छ । जति विलम्ब हुन्छ, त्यति नै घातक हुन्छ ।’

सबै अग्नि परीक्षामा रहेको भन्दै यादवले यो समस्यालाई न्यायपालिकाको विषय मात्रै भनेर पन्छिन नहुने पनि बताएका छन । ‘हामी सबै अग्नि परीक्षा छौं,’ उनले भने, ‘त्यसैले व्यक्तिहरूको स्वार्थभन्दा देशको हितमा के हुन्छ त्यही गर्नु सबभन्दा न्यायसंगत हुन्छ ।’

समस्या हल गर्नका लागि सबै अगाडि आउनुपर्ने उल्लेख गर्दै उनले भनेका छन, ‘अतः स्वतन्त्र, निष्पक्ष, सक्षम र सुशासन सहितको न्यायपालिकाको विषय नेपाल बार एशोसिएशन र न्यायपालिकाको आन्तरिक झगडा नठानेर वर्तमान उपलब्धिको रक्षार्थ सबै अग्रगमनकारी शक्तिलाई एकजुट भएर समस्या हल गर्नको लागि अगाडि आउन सबैमा हार्दिक अनुरोध गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर