सर्वोच्चमा बस्यो फुलकोर्ट, अबदेखि मुद्दाको पेसी गोलाप्रथाबाट
नेपाल प्रेस
२०७८ मंसिर २ गते १६:०७
काठमाडौं । सर्वोच्च अदालतमा मुद्दाको पेसी अबदेखि गाेलाप्रथाबाट ताेकिने भएको छ । आज बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो ।
बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेसी व्यवस्थापनसम्बन्धी निर्देशिका पारित गरेको हो ।
अब सोसम्बन्धी सूचना राज त्रमा प्रकाशित भएपछि गोला प्रथाबाट पेसी तोकिन्छ। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एशोसियसन आन्दोलनमा रहे पनि प्रधानन्यायाधीश राणाकै अध्यक्षतामा बसेकाे बैठकले गाेलाप्रथाबारे निर्णय लिएकाे हाे ।
प्रतिक्रिया