राप्रपा महाधिवेशनः प्रतिनिधि चयनको मिति सर्यो
नेपाल प्रेस
२०७८ मंसिर २ गते १७:५४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन तीन दिन पर सरेको छ । ३ मसिंरमा हुने भनिएको प्रदेशसभा निर्वाचनको अघिल्लो दिन मिति सारिएको हो ।
‘३ मंसिरमा हुने भनिएको प्रदेशसभा महाधिवेशन प्रतिनिधि चयन निर्वाचन समितिको आग्रहअनुसार ६—८ मंसिरलाई सारिएको छ,’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘महाधिवेशन प्रतिनिधि चयनको मिति सरेपछि स्वतः महाधिवेशनको मिति पनि सर्ने भएको छ । तर नयाँ मिति तय भने भइसकेको छैन ।’
उनकाअनुसार नयाँ मिति चाँडै घोषणा हुनेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर