देशवासीलाई मोदीको सम्बोधन : तीनैवटा कृषि कानून खारेजीको घोषणा – Nepal Press

देशवासीलाई मोदीको सम्बोधन : तीनैवटा कृषि कानून खारेजीको घोषणा

दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान देशलाई सम्बोधन गर्दै विवादास्पद तीनवैट कृषि कानूनहरु फिर्ता लिने घोषणा गरेका छन् ।

ती कानून खारेजीको माग गर्दै एकवर्षदेखि किसानले राजधानी दिल्लीको सिमानामा प्रदर्शन गर्दै आएका छन् । किसान प्रदर्शनमा उत्रिएपछि सत्तारुढ दल बीजेपीमाथि दबाब थियो ।

उक्त सम्बोधनमा मोदीले कृषि बजेट पहिलेको तुलनामा पाँच गुणाले वृद्धि भएको जनाएका छन् । उत्तर प्रदेशका विभिन्न परियोजनाको उद्घाटनमा प्रस्थान गर्नुपूर्व मोदीले देशलाई सम्बोधन गरेका हुन् ।

कृषि कानूनले निजी कम्पनी र बिचौलियालाई फाइदा पुग्ने भन्दै किसानले कानून खारेजीको माग गर्दै आएका थिए ।

मोदीले भने, ‘मैले किसानको परिश्रम र चुनौतीलाई नजिकबाट देखेको छु, सन् २०१४ मा प्रधानमन्त्रीको रुपमा देशको सेवा गर्ने अवसर मिल्यो तब हामीले किसान हितलाई उच्च प्राथमिता दिएका थियौं । धेरै मानिसहरुलाई थाहा छैन कि देशमा १०० मध्ये ८० साना किसान छन् । उनीहरुसँग २ हेक्टरभन्दा कम जमिन छ, उनीहरुको संख्या १० करोड भन्दा धेरै छ । उनीहरुको जीवनको आधार यही जमीन हो , किसानहरुले यही जमीनबाट परिवारको गुजारा गरिरहेका छन् ।’

किसानको शक्ति बढाउनको लागि १० हजार एफपीओ किसान उत्पादक संगठन बनाउने तयारी रहेको र यसका लागि ७ हजार करोड खर्च भइरहेको बताए । ‘हामीले बाली ऋण पनि बढाएका छौं । हाम्रो सरकार किसानको हितमा लगातार एक पछि अर्को पाइला बढाईरहेको छ । साना किसानको फाइदाको लागी तीन कृषि कानुन ल्याएका थियौं ।

यो माग देशमा लामो समयदेखि चल्दै आएको थियो । यसअघि पनि धेरै सरकारहरूले यसबारे छलफल गरेका थिए। यसपटक पनि संसदमा छलफल भयो, र यस्ता कानुन ल्याइयो । देशका धेरै किसान संगठनहरूले यसलाई समर्थन गरे। म आज उहाँहरु सबै प्रति धेरै आभारी छु’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर