दैलेखमा कांग्रेसः एक क्षेत्रमा संस्थापन, दुईमा पौडेल पक्ष विजयी – Nepal Press

दैलेखमा कांग्रेसः एक क्षेत्रमा संस्थापन, दुईमा पौडेल पक्ष विजयी

सुर्खेत । नेपाली कांंग्रेस दैलेखले तीन ओटा प्रदेश निर्वाचन क्षेत्रमा नेतृत्व टुंगो लगाएको छ । जिल्ला सभापतिका आकांक्षी एवम दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीका अनुसार दैलेखेका तीन क्षेत्रको परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक परिणाम अनुसार तीनमध्ये एक क्षेत्रमा सभापति शेरबहादुर देउवा पक्ष र दुई क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका प्रतिनिधि विजयी भएका छन् ।

दैलेख निर्वाचन क्षेत्र नम्बर एकका दुवै प्रदेश निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि सहित पौडेल पक्ष विजयी बनेको छ । निर्वाचन क्षेत्र नम्बर १ (१) मा बखत बहादुर सापकोटाको प्यानल नै विजयी बनेको छ । १ (२) मा नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरको प्यानल सहित निर्वाचित भएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर २ (१) मा टंक रिमालको प्यानल नै विजयी बनेको छ । आन्तरिक विवादका कारण २ (२) भने मतगणनाा हुन सकेको छैन । निर्वाचन मण्डलले आज विहान देखि मत गणना गर्ने कार्य सुरु गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर