कांग्रेस महाधिवेशनः प्रदेशसभा अधिवेशनको परिणाम आउने क्रम जारी, कहाँ, को विजयी ? – Nepal Press

कांग्रेस महाधिवेशनः प्रदेशसभा अधिवेशनको परिणाम आउने क्रम जारी, कहाँ, को विजयी ?

तनहुँ । तनहुँका चार वटा प्रदेशसभा क्षेत्रमा नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको छ । १४औँ महाधिवेशन अन्तर्गत भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । तनहुँ २ (ख) मा बिहीबार उम्मेदवारी दर्तासँगै नयाँ नेतृत्वको टुंगो लागेको थियो । अन्य तीन प्रदेश सभा क्षेत्रमा भने शुक्रबार भएको मतदानबाट नेतृत्वको टुंगो लगाएको हो ।

तनहुँ क्षेत्र नम्बर १ (क) को सभापति पदमा विशेश्वर खनालले बाजी मारे । उनले निकटम प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) लाई पराजित गर्दै सभापति बनेका हुन् । खनालले २९० मत पाएकोमा मियाले २१६ मत मात्रै ल्याए । ५४३ मतदाता रहेकोमा ५३३ मत खसेको थियो ।

उपसभापतिमा बलबहादुर पोखरेल २५० मत पाएर निर्वाचित भए राजु खड्का र सविता उप्रेतीले बराबर मत पाएका छन् । यी दुईले २३१(२३१ मत ल्याएका छन् । सचिवमा ईश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल विजयी भएका छन् । पौडेलले २७२ र ढकालले २४० मत प्राप्त गरी विजयी भएका हुन् । सहसचिवमा मीनबहादुर गुरुङले २९१ र माधव न्यौपानेले २७४ मतका साथ विजयी हासिल गरे ।

प्रदेश प्रतिनिधिमा चिरञ्जीवि अधिकारी, ज्योति श्रेष्ठ, तुलसीराम सापकोटा, कमल पण्डित, बाबुराम बगाले, सुरेश थापा, हरिदत्त पौडेल, एजिला ढकाल, कान्छीमाया तामाङ, तीर्थमाया पौडेल, ओजराज पौडेल, विद्या जिसी, अमर गुरुङ, मनिलाल श्रेष्ठ, केशकुमारी राना मगर र बुद्धकुमार परियार विजयी भएका छन् ।

तनहुँ १ (ख) को सभापतिमा काजीमान श्रेष्ठ विजयी भएका छन् । उनले राजेन्द्र पियाँलाई ६६ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले २२० र पियाँले १५४ मत पाएका हुन् । ४१२ मतदाता रहेको यो क्षेत्रमा ४०२ मत मात्र खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।

बाबुराम श्रेष्ठले २२५ र राधादेवी खनालले १९० मत प्राप्त गरी उपसभापति पदमा जित हासिल गरेका छन् । सचिवमा लक्ष्मीकान्त मिश्र र हरिशरण खनाल विजयी भए । मिश्रले १९६ र खनालले १८४ मत प्राप्त गरेका हुन् । सहसचिवमा गोपाल थापा र राजु पौडेल विजयी भएका छन् । थापाले २२४ र पौडेलले १८२ मत प्राप्त गरे ।

प्रदेश प्रतिनिधिमा कर्णबहादुर गुरुङ, निमबहादुर मगर, प्रेमबहादुर गुरुङ, सुवास अधिकारी, मदन पण्डित, तुलक कैनी, गिरबहादुर थापा, महेश भट्टराई, पवित्रा गौली, विद्या खनाल, शान्ता बास्तोला, पन्चमाया गुरुङ, विमला थापा, तमबहादुर दरै, बिपीन गुरुङ, चित्तबहादुर थापा र अमृत नेपाली विजयी भएका छन् ।

तनहुँ २ (क) मा जितराज रानाको प्यानल नै विजयी भएको छ । २३८ मत ल्याएर राना सभापतिमा विजयी भए । उनका निकटम प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत पाए । ४४५ मतदाता रहेकोमा ४४२ खसेको थियो ।

उपसभापतिमा रेशमलाल पौडेल २४६ र पशुपति क्षेत्री २२९ मतका साथ विजयी भएका हुन् । सचिवमा राजेशकुमार श्रेष्ठले २४४ र हरि भण्डारीले २२४ मत प्राप्त गर्दै विजयी भएका छन् । सहसचिवमा केशबहादुर थापाले २३६ र मुक्तिप्रसाद सापकोटाले २२६ मत पाएर विजयी भए ।

प्रदेश प्रतिनिधीमा शिवबहादुर आले, रविचन्द्र पौडेल, तुलबहादुर गुरुङ, लोकेन्द्र थापा, श्रीबहादुर थापा, शिवशरण वाग्ले, समुन्द्रराम श्रेष्ठ, वासना श्रेष्ठ, विना खनाल, सुलोचना गौतम, निशादेवी पौडेल, जुक्तराज वाग्ले, अन्जनकुमार श्रेष्ठ, हिरालाल गुरुङ, सिता कुमाल, डोलबहादुर सुनार र निर पुन विजयी भएका छन् ।

तनहुँ २ (ख) मा भने बिहीबार नै निर्विरोध नेतृत्व चयन भएको थियो । उम्मेद्वारी दर्ताको क्रममा आवश्यक भन्दा बढी उम्मेद्वारी नपरेपछि निर्विरोध नेतृत्व चयन भएको हो । सभापतिमा इन्द्रबहादुर आले, उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ, सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुविर थापा, नारायणप्रसाद भट्टराई, धुर्वकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मिरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन् ।

इलाम

नेपाली कांग्रेस इलाम निर्वाचन क्षेत्र नम्बर १ (ख) को सभापतिमा निश्कल राई निर्वाचित भएका छन् । राईले १ सय ६१ मत प्राप्त गरेर प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । चार प्रतिस्पर्धीमध्ये श्यामबहादुर कार्कीले ८३, मनबहादुर बस्नेतले ७३ रसुवक श्रेष्ठले १४ मत प्राप्त गरेर पराजित भए ।

उपसभापतिमा पहलमान थापा र सुरेन पौडेल निर्वाचित भएका छन् । थापाले २ सय १९ मत र पौडेलले १ सय ९५ मत प्राप्त गरे ।

सचिवमा लोकबहादुर राई र एगा अर्याल निर्वाचित भएका छन् । राईले १ सय ९६ र अर्यालले १ सय ८५ पत पाएका छन् । सहसचिवमा हेमकुमारी चौहान र सुवास पौडेल निर्वाचित भएका छन् । चौहानले २ सय ३० मत र पौडेलले १ सय ७० मत पाए ।

नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ (क) (प्रदेशसभा) सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् ।

चौहानले निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलालाई पराजित गरेका हुन् । चौहानले दुई सय २९ मत ल्याउँदा बास्तोलाले एक सय ६० मतमै चित्त बुझाए ।

उपसभापतिमा विष्णु सुब्बा दुई सय ४४ मतसहित र मनकुमार गुरुङ दुई सय ३५ मत पाएर निर्वाचित भएका छन् । उपसभापतिका प्रतिस्पर्धी कमलमणि खनालले एक सय ३१, सुतिता श्रेष्ठ कर्माचार्यले एक सय २४, शिवराज घिमिरेले एक सय ११ र शोभावती खत्री कार्कीले एक सय ३ मतमै चित्त बुझाएका छन् ।

सचिवमा श्रीबहादुर विष्ट र दिपेश खत्री विजयी भएका छन् । विष्टले दुई सय ६७ र खत्रीले दुई सय २४ मत प्राप्त गरे । सचिवकै उम्मेदवार गजेन सुब्बा, विनोद न्यौपानेले र मोहन पराजुली पराजित भएका छन् ।

सहसचिवमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की निर्वाचित भएका छन् । निर्वाचित पौडेलले दुई सय ७० र कार्कीले दुई सय ५६ मत प्राप्त गरे ।

ललितपुर

नेपाली कांग्रेस ललितपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको प्रदेशसभा अधिवेशनले यी निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको निर्वाचन र सर्वसम्मतमार्फत चयन गरिएको हो ।

ललितपुर १ ुकु मा मिलन सिलवाल र (ख)मा जगतबहादुर सभापतिमा चयन भएका छन् । ललितपुर २ (क) मा दिवाकर नेपाल निर्वाचित भएका छन् भने २ (ख)मा चन्द्रमान महर्जन निर्वाचित भएका छन् ।

३ (क)को प्रदेशसभा सभापतिमा वीरेन्द्र महर्जन निर्वाचित भएका छन् । ३ (ख)मा सुरेन्द्र डंगोल निर्वाचत भएका छन् । ललितपुर कांग्रेस निर्वाचन समितिका संयोजक लोक कार्कीका अनुसार नवनिर्वाचित पदाधिकारीको विवरण आज शनिबार औपचारिक रुपमा सार्वजनिक गरिने छ ।

ललितपुर २ मा सर्वसम्मत
ललितपुर २ (क) मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

निर्वाचन समितिका संयोजक कार्कीका अनुसार ुकु प्रदेशसभा सभापतिमा चन्द्रमान बज्राचार्य, उपसभापति नातीकाजी महर्जन र रवी महर्जन, सचिवमा सुरेन्द्र बज्राचार्य र सुदीप श्रेष्ठ, सहसचिवमा प्रमोदमान चित्रकार र महेश श्रेष्ठसहित २५ जनाको कार्यसमिति चयन भएको हो ।

चितवन

नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनका ६ वटा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट एक सभापति र दुई—दुई जना उपसभापति, सचिव र सहसचिव निर्वाचित भएका हुन् । हरेक क्षेत्रबाट १६ देखि १८ जनासम्म प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सबै क्षेत्रबाट निर्वाचनको मतपरिणाम आइसकेको छ । ६ जना प्रदेशसभा क्षेत्रीय सभापतिका लागि १८ जनाले उम्मेदवारी दिएका थिए ।

चितवन निर्वाचन क्षेत्र नं १ (क)मा प्रतिस्पर्धाबीच सभापतिका उम्मेदवार गणेश मल्ल विजयी भएका छन् । सभापतिका लागि मल्ल र कृष्णबहादुर श्रेष्ठ चुनावी प्रतिस्पर्धा भएको थियो । मल्ल एक मत मात्रै बढी ल्याएर सभापतिमा विजयी भएका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिए । क्षेत्रीय अधिवेशनमा मल्लको प्यानलै विजयी भएको हो । मल्लले १७६ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी श्रेष्ठले १७५ मत ल्याएका थिए ।

उपसभापतिमा प्रकाश श्रेष्ठ र राजु चौधरी, सचिवमा दीपेन्द्र रोक्का र संगीता चौधरी र सहसचिवमा कृष्णप्रसाद पाठक र पदमबहादुर मोक्तान विजयी भएका हुन् ।

निर्वाचन क्षेत्र नं १ (ख) को सभापतिमा गोविन्द गौतम विजयी भए । गौतमले २७९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रामहरी न्यौपानेले २६५ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी सुजन थापाले जम्मा १९ मत मात्रै प्राप्त गरे ।

उपसभापतिमा इन्द्रलाल न्यौपाने र डिल्लीप्रसाद छत्कुली निर्वाचित भए । सचिवमा देवेन्द्रबहादुर भुजेल र मनोज चौधरी निर्वाचित भएका छन् । त्यस्तै, सहसचिवमा गीता दाहाल र रामसिंह चौधरी निर्वाचित भएका हुन् ।

२ (क) को सभापतिमा जनार्दन दाहाल विजयी भएका छन् । उनले २२९ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी हरिप्रसाद भण्डारीले १९५ मत मात्रै प्राप्त गरे । अर्का प्रतिस्पर्धी राजकुमार गुरुङले जम्मा ५० मत पाए ।

उपसभापतिमा केशवराज रिमाल र मिठु गौतम सुवेदी, सचिवमा कुमबहादुर गुरुङ र ठाकुर लामिछाने र सहसचिवमा सोमराज आचार्य र सुजन थापा निर्वाचित भएको निर्वाचन अधिकृत सुशील घिमिरेले जानकारी दिए ।

२ (ख) को सभापतिमा रोशन शाही ठकुरी विजयी भए । ठकुरीले २६१ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी करुणाकान्त पोख्रेलले १९८ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी रचन कार्कीले २३ मत मात्रै प्राप्त गरे ।

उपसभापतिमा जानकी पौडेल सापकोटा र महेन्द्रराज पौडेल विजयी भएका छन् । सचिवमा कृष्ण विलास अधिकारी र रविभन्द्र शर्मा खनाल विजयी भए । सहसचिवमा बसन्त ढकाल र सजनी भन्तना विजयी भएको मुख्य निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए ।

३ (क) को सभापतिमा खेमनारायण सापकोटा विजयी भए । उनले ३०८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कमलनाथ पौडेलले १५८ मत पाए भने अर्का प्रतिस्पर्धी शालिग्राम पौडेलले ११८ मत प्राप्त गर्न सफल भए ।

उपसभापतिमा आशबहादुर गुरुङ र सूर्यकला अधिकारी कोइराला, सचिवमा आनन्द प्रसाद सुवेदी र ठाकुरप्रसाद पौडेल र सहसचिवमा डिलु गुरुङ र भरत अधिकारी पण्डित विजयी भएका छन् ।

३ (ख) को सभापतिमा चार जनाले उम्मेदवारी दिएकामा १४७ मत ल्याएर शोभाखर चापागाईँ विजयी भए । उनका निकटम प्रतिस्पर्धी ओमप्रसाद पोख्रेलले ९९ मत ल्याए भने अर्का प्रतिस्पर्धी रामबहादुर कुँवरले ७८ र अशोक लामाले २८ मत मात्रै ल्याउन सफल भए ।

उपसभापतिमा केशव बसेल र लिलाराज भुसाल, सचिवमा गोविन्द शर्मा र सूर्य अधिकारी र सहसचिवमा नेत्रराज आचार्य र मोहदत्त काफ्ले निर्वाचित भएका छन् ।

उदयपुर

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत उदयपुरमा प्रदेशस्तरीय (चार प्रदेश निर्वाचन क्षेत्र) मध्ये तीन स्थानमा निर्वाचन भएको छ । निर्वाचन क्षेत्र २ (क) मा दुवै पक्षबीच कुटाकुट हुँदा चार वटा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ ।

उदयपुरमा चार प्रदेश निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र १ (क) (ख) निर्वाचन क्षेत्र २ को (ख) को मतपरीणाम सार्वजनिक भएको छ । निर्वाचन क्षेत्र २ (क) को मतपत्र च्यातिएको कारण स्थगित गरिएको छ । १ (ख) मा सरोजकुमार बस्नेत, २ (ख) कृष्ण थापा निर्वाचित भएका छन् । उनीहरु सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय नेता हुन् । १ (क) मा अर्जुन दाहाल विजयी भएका छन् । उनी कोइराला–पौडेल पक्षका हुन् ।

कास्की

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत कास्कीका सबै प्रदेश निर्वाचन क्षेत्रको मत परीणाम सार्वजनिक भएको छ । मत परीणाम अनुसार सबैजसो क्षेत्रमा प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ (क) को सभापतिमा दुर्गाप्रसाद सुवेदी विजयी भएका छन् । सुवेदीले मुराहरी कोइरालालाई १७ मतले पराजित गरेका हुन् । सुवेदीले २२६ मत ल्याउँदा कोइरालाले २०९ मत पाए । उपसभापतिमा निर्मला ढुंगाना र सुकदेव गुरुङ, सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी तथा सहसचिवमा सुवास भण्डारी र विष्णु गुरुङ निर्वाचित भएका छन् ।

१ (ख) को सभापतिमा कृष्ण कोइराला विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी अर्जुन गुरुङलाई १५ मत अन्तरले पराजित गरे । कोइरालाले १८८ मत ल्याए भने गुरुङले १७३ मत पाए ।

उपसभापति, सचिव र सहसचिवमा पनि प्रतिस्पर्धा भएको छ । अबेर राति सकिएको मतगणना अनुसार उपसभापतिमा विकास गुरुङ र विष्णुप्रसाद बराल, कर्तीबल्लभ त्रिपाठी र महेश कार्की तथा सहसचिवमा महेन्द्र गुरुङ र रामकुमारी पौडेल विजयी भए ।

२ (क) मा दिनेश आचार्य विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी वर्षाकेशव पराजुलीलाई ३० मतले पराजित गरेका हुन् । आचार्यले १२१ मत ल्याउँदा पराजुलीले ९१ मत मात्रै पाए । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत विजयी भए भने सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा विजयी भए । सहसचिवमा गीता भण्डारी र केशवराज लामिछाने सर्वसम्मत चयन भएका हुन् ।

प्रदेश निर्वाचन क्षेत्र (ख) अन्तर्गत सभापतिमा दीपेन्द्र मर्सानी विजयी भए । मर्सानीले १४२ मत पाए भने निकटतम प्रतिस्पर्धी सुवास सिग्देलले १२० मत पाए । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ विजयी भए भने सचिवमा सुवर्ण केसी र शिरषकुमार बास्तोला निर्वाचित भएका छन् । सहसचिवमा निलम बाटाजु र सुरेश खवास सर्वसम्मत चयन भएका थिए ।

क्षेत्र नम्बर ३ (क) को सभापतिमा पुष्पेन्द्र पाण्डे विजयी भएका छन् । उनले १६६ मत ल्याउँदा निकटतम दीपकराज पौडेलले १५६ मत पाए । उपसभापतिमा धनबहादुर थापा र दिलीप गिरी विजयी भए भने सचिवमा गंगाबहादुर गुरुङ र प्रकाशचन्द्र सापकोटा तथा सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी विजयी भएका छन् ।

३ (ख) को सभापतिमा जीवनाथ पौडेल ‘शंकर’ नयाँ सभापति बनेका छन् । उनले निकटतम प्रतिश्पर्धी दिपकवीर कुँवरलाई १०३ मतको फराकिलो अन्तरले हराउँदै सभापति बनेका हुन् । पौडेलको २२७ र कुँवरको १२४ मत छ । उपसभापतिमा पदमबहादुर गुरुङ, पार्वतिदेवी कोइराला निर्वाचित भए भने सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी तथा सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी निर्वाचित भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्रको कार्यसमिति सहित प्रदेश अधिवेशन प्रतिनिधि पनि निर्वाचित भएका निर्वाचन अधिकृत रामचन्द्र पौडेल (विमल) ले जानकारी दिए । विधान अनुसार प्रत्येक क्षेत्रबाट १७ जना प्रतिनिधि छनोट भएका छन् । खुलातर्फ ७, महिला ३, खस आर्य खुला २, खस आर्य महिला १, आदिवासी जनजाति खुला, आदिवासी जनजाति महिला, दलित, अल्पसंख्यक तथा अपांगता कोटाबाट १(१ जना निर्वाचित भएका छन् । अब ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतको अधिवेशन हुनेछ ।

दाङ

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दाङमा समावेशी कोटातर्फ प्रदेश प्रतिनिधि चयन भएका छन् । ६ वटा प्रदेशसभा क्षेत्र रहेको दाङमा समावेशीतर्फ नौ जना प्रतिनिधि निर्विरोध भएका हुन् । प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ को (क) मा चुर्णबहादुर चौधरी थारु प्रदेश महाधिवेशनमा प्रतिनिधि निर्विरोध भएका छन् । थारु महिला कोटामा सरिता चौधरी निर्वाचित भएकी छ्न् । ुखुबाट थारु महिला कोटामा मधु चौधरी निर्विरोध भए ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (क) मा प्रदेश महाधिवेशन प्रतिनिधिसभामा आदिवासी जनजातितर्फ धुर्बकुमार पुन, खस आर्यतर्फ मनोज बुढाथोकी र दलिततर्फ केशव नेपाली निर्विरोध भएका छन् । प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (ख) मा मुस्लिमतर्फको प्रदेश महाधिवेशन प्रतिनिधिमा सिमु शिद्धिकी निर्विरोध हुँदा १ (ख) मा खसआर्यतर्फ घनश्याम केसी र बिना न्यौपाने निर्विरोध भए । अन्य पदमा भने निर्वाचन हुने भएको छ ।

६ वटै प्रदेश सभापतिका लागि १३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र नम्बर ३ ९ख०मा सभापतिका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । योबाहेक अन्य पाँच निर्वाचन क्षेत्रमा भने दुई(दुई जनाले मनोनयन दर्ता गराएका छन्। नेतृत्व चयनका लागि शनिबार मतदानको हुँदैछ ।

खोटाङ

नेपाली कांग्रेस खोटाङ क्षेत्रीय कार्यसमिति (प्रदेश ख) सभापतिमा दिनेश घिमिरे निर्वाचित भएका छन् । कुल मतदाता (क्षेत्रीय प्रतिनिधि) संख्या ६७२ रहेको प्रदेश ‘ख’मा ६३५ मत खस्दा घिमिरेले ३३१ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।

सिमपानीस्थित सिमपानी माविमा शुक्रबार राति सार्वजनिक नजिता अनुसार उनका प्रतिद्वन्द्वी चण्डीकुमार राईले २७५ मत पाएका छन् ।

घिमिरे प्यानलकै महेन्द्र राईले ३२७ मत र राई प्यानलका रामचन्द्र केसीले २८८ मत ल्याएर उपसभापतिमा विजयी भए । सचिवमा ३२४ मत ल्याएर घिमिरे प्यानलकै प्रविण राई र २८४ मत ल्याएर समराज राई निर्वाचित भएका छन् । सहसचिवमा पनि घिमिरेकै प्यानलबाट ३०२ मत ल्याएर राजकुमार बस्नेत र कमल प्रधान निर्वाचित भएका छन् ।

पौडेल समूहका उम्मेदवार घिमिरे देउवा र कोइराला टिमको सहयोगमा क्षेत्रीय सभापति निर्वाचित भएका हुन् । राई कृष्ण सिटौलारगगन थापा समूहका उम्मेदवार हुन् ।

घिमिरेलाई देउवा निकट पूर्वराज्यमन्त्री एवं जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई, पौडेल निकट पूर्वजिल्ला सभापति एवं जिल्ला सभापतिका उम्मेदवार विष्णुकुमार राई, कोइराला निकट महासमिति सदस्य तथा पूर्व जिल्ला सभापति सुवासकुमार पोखरेल, देउवा निकट महासमिति सदस्य एवं जिल्ला सभापतिका उम्मेदवार रविप्रकाश राई लगायतले सहयोग गरेका थिए ।

राई भने सिटौला निकट महाधिवेशन प्रतिनिधि एवं जिल्ला सभापतिका उम्मेदवार भूपेन्द्र राईका उम्मेदवार हुन् । क्षेत्रीय कार्य समिति ९प्रदेश ख०मा भूपेन्द्र चुनावी मैदानमा उत्रिएका हुन् । अहिले प्रदेश महाधिवेशन प्रतिनिधिको मत गणना भइरहेको छ ।

हलेसीस्थित महेन्द्रोद्वय माविमा कांग्रेस क्षेत्रीय कार्यसमिति ९प्रदेश क० को मत गणना जारी छ । कांग्रेस क्षेत्रीय कार्य समिति ९प्रदेश क० मा देउवा निकट टिमबाट भक्तजङ राई सभापतिका उम्मेदवार छन् । उपसभापतिमा दिलिप राजा गिरी र उद्वव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राई चुनावी मैदानमा छन् ।

कोइराला निकट टिमबाट क्षेत्रीय कार्य समिति ९प्रदेश क० को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल प्रतिस्पर्धामा छन् ।

सुर्खेत

सुर्खेतमा रहेका तीन प्रदेश निर्वाचन क्षेत्रमा सभापति १ (क) मा केशर ओली सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । १ (२) मा भुपेन्द्र सुवेदी निर्वाचित भएका छन् । यी दुवैको प्यानल नै विजयी बनेको हो ।
गुर्भाकोट नगरप्रमुख हस्त पुनःकाअनुसार यी दुवै संस्थापन पक्षका हुन भने सबै नेतृत्व सहमतिमै टुंगो लगाइएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर २ (ख) मा पनि नेतृत्व सर्वसम्मत चयन भएको छ । यहाँ तेजबहादुर बस्नेतले बाजी मारेका हुन । विजयी सबै संस्थापन पक्षका उम्मेदवार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर