ब्रेकअपपछि नम्रताको प्रष्टीकरण : जहिलेसम्म कम्फर्टेबल थियौं, सँगै थियौं ! – Nepal Press

ब्रेकअपपछि नम्रताको प्रष्टीकरण : जहिलेसम्म कम्फर्टेबल थियौं, सँगै थियौं !

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ र प्रेमी दावा स्टिभन शेर्पाको चारवर्षदेखिको रिलेसनसिप टुंगिएको छ । यी दुबैले सहमतीमै अलग भएर अघि बढ्ने निधो गरेका छन् ।

उनीहरुको ब्रेकअप केही महिना पहिले नै भैसकेको नम्रता निकट स्रोतले नेपाल प्रेसलाई जानकारी दिएको छ । ‘जहिलेसम्म हामी एकअर्कामा कम्फर्टेबल थियौं, हामी सँगै थियौं’ नम्रतालाई उध्दृत गर्दैै स्रोतले भन्यो, ‘कम्फर्टेबल नभएपछि हामी अलग भएका छौं ।’

पर्यटन व्यवसायी समेत रहेका शेर्पा र नम्रता पहिलोपटक एक फिल्मको प्रिमियर समारोहको बेला कुमारी हलमा सँगै देखिएका थिए । त्यसपछि नै उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिकरुपमा प्रस्तुत गरिरहेका थिए ।

त्यसयता उनीहरु घुमघाम गर्न न्यूजिल्यान्ड र सगरमाथा आधार शिविरसम्म पुगे । चाँडै बिहे गर्ने उनीहरुको योजना पनि थियो । तर, आफूहरु सम्बन्धमा नरहेको कुरा स्वयम नम्रताले निकट साथीहरुलाई बताउन थालेकी छिन् ।

यसअघि सामाजिक संजालमा समेत दावा र नम्रताले घुमघाम र सँगै भएका तस्बिर पनि पोस्ट गर्दै आएका थिए । तर, यो गर्न पनि छाडेपछि उनीहरुको सम्बन्धलाई लिएर अड्कलबाजी भैरहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर