रौतहटमा प्रचण्डलाई ‘ग्रिनकार्पेट’मा स्वागत – Nepal Press

रौतहटमा प्रचण्डलाई ‘ग्रिनकार्पेट’मा स्वागत

काठमाडौं । आमसभाका लागि रौतहटमा पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘ग्रिनकार्पेट’मा स्वागत भएको छ।

प्रचण्डको निजी सचिवालयका अनुसार रौतहटको गरुढा नगरपालिको महोम्मदपुरमा उनीलाई ग्रिनकार्पेट बिच्छ्याएर स्वागत गरिएको हो। प्रचण्डले रौतहटको कटहरिया बजारको पाँच बिघा क्षेत्रफलमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

गत २९ कात्तिकमा मिति तय भएर पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभा शनिबार गर्न लागिएको हो । यो क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षेत्र हो । साह माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

प्रचण्डले सभालाई सम्बोधनका साथै पार्टी प्रवेश कार्यक्रम पनि हुने कार्यक्रम छ। माओवादी प्रवेश गर्ने जिल्ला तहका प्रतिनिधि र स्थानीय तहका निर्वाचित वडा अध्यक्षलाई प्रचण्डले पार्टी प्रवेश गराउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर