कर्णालीः गठबन्धनमा असन्तुष्टि बढ्दो, माओवादी प्रमुख सचेतक यस्तो भन्छन – Nepal Press

कर्णालीः गठबन्धनमा असन्तुष्टि बढ्दो, माओवादी प्रमुख सचेतक यस्तो भन्छन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल विस्तारमा ढिलाई गरेकोप्रति सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र असन्तुष्ट देखिएको छ । गठनको लामो समयवितिसक्दा पनि मन्त्रिमण्डल विस्तार नभएको, सरकारका कामकारवाहीले तीव्रता नपाएको भन्दै माओवादी केन्द्र असन्तुष्ट बनेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्टले मुख्यमन्त्रीका कामकारवाही सन्तोषजनक नभएको बताए ।

‘मुख्यमन्त्री सरकारको अभिभावक नै हो । सरकारको काम कारवाही अघि बढाउनमा उदासिन भएको महसुस हामीले गरेका छौं’, प्रमुख सचेतक विष्टले नेपालप्रेससँग भने ।

मुख्यमन्त्री शाहीले महिलेसम्म पनि सरकार विस्तरका विषयमा गठबन्धनमा कुनै छलफल नै नचलाएको उनले बताए । उनले भने, ‘मन्त्रीमण्डल विस्तारमा मुख्यन्त्री शाहीले अहिलेसम्म वार्ता र छलफल गर्ने प्रयास नै गर्नुभएको छैन । सत्तारुढ गठबन्धन टेबुलमा बसेको भए निष्कर्ष आउँथ्यो । हामीले मागेको चार मन्त्रालय हुनपनि सक्थ्यो । नहुन पनि सक्थ्यो । तर सत्ता दलीय गठबन्धनसँग समन्वय नै नगरिकन उहाँहरुले विश्वासको मत लिने मिति तोक्नु गलत हो ।’

उनले आफूहरु पार्टीको अधिवेशनमा लागिरहेको उनले सबै सांसदहरुको ठेक्का लिन नसक्ने बताए । शाहीको यहि कदमले गठबन्धन भत्किन सक्ने आशंका उनले व्यक्त गरे ।

उनले मुख्यमन्त्री शाहीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताए । मत दिएपनि सरकार विस्तारमा भइरहेको ढिलाईले गठबन्धन कमजोर बन्ने सम्भावना रहेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर