धनुषामा एमाले महाधिवेशन प्रतिनिधि छनोट विवादमा, नेता महासेठविरुद्ध प्रदर्शन – Nepal Press

धनुषामा एमाले महाधिवेशन प्रतिनिधि छनोट विवादमा, नेता महासेठविरुद्ध प्रदर्शन

जनकपुरधाम । नेकपा एमाले धनुषामा महाधिवेशन प्रतिनिधि छनोट विवादित बनेको छ । पूर्वमन्त्री एवं नेता रघुवीर महासेठले प्रतिनिधि छनोटमा धाँधली गरेको भन्दै उनीविरुद्ध प्रदेश सांसदकै नेतृत्वमा प्रदर्शन गरिएको छ ।

प्रदेश २ का एमाले सांसद किशोरी साह ‘कमल’को नेतृत्वमा कार्यकर्ताले आइतबार नेता महासेठविरुद्ध प्रदर्शन गरेका हुन् ।

योग्य नेतालाई प्रतिनिधि छनोट नगरेकाले नेता महासेठविरुद्ध प्रदर्शन गर्नुपरेको सांसद साहले बताए । उनले गलत प्रक्रियाबाट छनोट गरिएको प्रतिनिधि खारेज र योग्य तथा क्षमतावान छुटेका नेतालाई प्रतिनिधि बनाउनुपर्ने माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर