महाधिवेशनको उम्मेदवारीबारे भीम रावलले पत्रकार सम्मेलन गर्दै – Nepal Press

महाधिवेशनको उम्मेदवारीबारे भीम रावलले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । रावलले दिउँसो तीन बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

पत्रकार सम्मेलनमा आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारी, रणनीतिबारे सार्वजनिक गर्ने रावलनिकट स्रोतले बतायो ।

उपाध्यक्ष रावलले यसअघि अछाममा भएको एक कार्यक्रममा आफू अध्यक्षमा लड्ने बताएका थिए । रावलले १० बुँदे सहमति पालना नभएको भन्दै पार्टीमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

यसअघि नवौं महाधिवेशनमा रावल सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए । एमालेको नवौं महाधिवेशनमा २ हजार १५२ जनाले मतदान गर्दा उपाध्यक्ष पदका रावलले ११४३ मत ल्याएर विजयी भएका थिए ।


प्रतिक्रिया

One thought on “महाधिवेशनको उम्मेदवारीबारे भीम रावलले पत्रकार सम्मेलन गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर