कोरम नपुगेपछि राजदूतहरुको सुनुवाइ रोकियो (भिडिओ) – Nepal Press

कोरम नपुगेपछि राजदूतहरुको सुनुवाइ रोकियो (भिडिओ)

काठमाडौं । संसदीय विशेष सुनुवाइ समितिको बैठकमा कोरम नपुगेपछि प्रस्तावित राजदूतहरुको सुनुवाइ स्थगित भएको छ ।

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्न समितिको बैठक आज बोलाइएको थियो । १५ सदस्यीय समितिमा हाल १२ सदस्य रहेका छन् ।

आजको बैठकमा ५ जना मात्रै उपस्थित भएपछि कोरम नपुगेकोले बैठक स्थगित भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले बताए ।

नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरु पार्टीको महाधिवेशनमा व्यस्त रहेकाले बैठकमा सहभागि नभएका हुन् । समितिको अर्को बैठक मंसिर १७ गतेका लागि बोलाइएको छ ।

सरकारले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर