जनकपुरधाम कांग्रेस सभापतिमा साह निर्विरोध चयन – Nepal Press

जनकपुरधाम कांग्रेस सभापतिमा साह निर्विरोध चयन

जनकपुरधाम । नेपाली काँग्रेस जनकपुरधाम उपमहानगरपालिकाको सभापतिमा मनोज साह निर्विरोध चयन भएका छन् ।

जनकपुरधामको गोपाल धर्मशालामा जारी अधिवेशनमा सभापति पदमा साहको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध चयन भएका हुन् । पार्टी उपसभापति बिमलेन्द्र निधिको पहलमा उनी सभापतिमा निर्विरोध भएको बुझिएको छ ।

सभापतिका दावेदार राकेश विक्रम साहलाई निधीले उपसभापति बनाउने आश्वासन दिएका छन् । दुई उपसभापति चयण गर्नुपर्नेमा पाँच जनाको उम्मेदवारी परेको छ । उक्त पदमा विक्रम यादव, नरेश यादव, दिनेश यादव र पंकज महतोले उम्मेदवारी दिएका हुन् ।

उपमहानगरपालिकाको अन्य पदमा पार्टी उपसभापति निधी र प्रदेश संसदीय दलका नेता एवं प्रदेश मन्त्री रामसरोज यादवले सहमतीको प्रयास विफल बनेको छ । अहिले उम्मेदवारी दर्ता जारी छ । सभापति बाहेक सबै पदमा निर्वाचन हुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर