टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु – Nepal Press

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

रुपन्देही । रुपन्देहीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका ७ मा बाटो क्रस गर्ने क्रममा टिपरले ठक्कर दिँदा सोही ठाउँका ६२ वर्षीय सन्तराम लोधको मृत्यु भएको हो ।

प्रहरीका अनुसार लोधले बाटो काट्ने क्रममा बागमती प्रदेश ०३-००१ क ०२५२ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *