महोत्तरीका आठ क्षेत्र मध्ये चारमा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन – Nepal Press

महोत्तरीका आठ क्षेत्र मध्ये चारमा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

महोत्तरी । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत महोत्तरीमा आठ क्षेत्र मध्ये चार क्षेत्रमा निर्वाचन सर्वसम्मत रूपमा टुंगिएको छ ।

बाँकी चार क्षेत्रमा विवादका कारण अझै सहमति जुट्न नसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।

सहमति बनेका चार क्षेत्रबाट १८/१८ जना प्रतिनिधि चयन भएको कांग्रेस महोत्तरीका सभापति महेन्द्र रायले जानकारी दिए ।

‘बाँकी चार क्षेत्रमा सहमति जुटाउने गृहकार्य भइरहेको छ । सहमति नजुटेमा हामी निर्वाचन गर्ने छौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर