कांग्रेस क्षेत्रीय अधिवेशन- सुर्खेत र दैलेखमा प्यानल बनाएर चुनाव लड्ने तयारी – Nepal Press

कांग्रेस क्षेत्रीय अधिवेशन- सुर्खेत र दैलेखमा प्यानल बनाएर चुनाव लड्ने तयारी

सुर्खेत । नेपाली कांग्रेसले आज देशका अधिकांश निर्वाचन क्षेत्रमा अधिवेशन गर्दैछ । दैलेख र सुर्खेतका चारै निर्वाचन क्षेत्रमा क्षेत्रीय प्रतिनिधिहरु, वडा सभापतिहरु भेला भइसकेका छन् ।

यी दुई जिल्लामा वडा, पालिका र प्रदेश क्षेत्रमा पनि अधिकांश स्थानमा निर्वाचन भएको थियो । दैलेखमा निर्वाचन क्षेत्र नम्बर एकमा देउवा प्यानलबाट सभापतिमा नगेन्द्र बहादुर मल्ल र पौडेल खेमाबाट दशरथ खड्का चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचन क्षेत्र नम्बर दुईमा भरत रिजाल देउवा प्यानलबाट र मात्रिका रिजाल पौडेल प्यानलबाट चुनाव लड्ने भएका छन् । भरत र मात्रिका दाजुभाइ हुन् । दैलेखमा आज मनोनयन दर्ता हुनेछ भने भोलि विहान मतदान हुने बताइएको छ ।

यता, सुर्खेतमा अघिल्लो अधिवेशनमा चुनाव हारेको देउवा प्यानल उत्साहित छ । सबै प्रदेश क्षेत्रमा एकलौटी जीत हात पारेको देउवा प्यानलले क्षेत्रीय सभापतिमा पनि आफ्नो जीत हुने दाबी गर्दै आइरहेको छ ।

सुर्खेतमा भने को–को उम्मेदवार बन्ने भन्ने टुंगो नलागिसकेको कांग्रेस स्रोतले बताएको छ । महामन्त्री पूर्णबहादुर खड्का सुर्खेतमा आइसकेका छन् भने उनले सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहले गर्ने प्रयत्न जारी राखेको कांग्रेस सुर्खेतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर