प्रधानन्यायाधीशमाथि महाअभियोगको मागसहित बारले सभामुख र संसदीय दलका नेतालाई भेट्ने – Nepal Press

प्रधानन्यायाधीशमाथि महाअभियोगको मागसहित बारले सभामुख र संसदीय दलका नेतालाई भेट्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटासहित प्रमुख सचेतकहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

जबराको राजीनामालाई बटमलाइन बनाएर धर्ना र प्रदर्शन गर्दै आएको बारले आज ज्ञापनपत्र बुझाउन लागेको हो ।

दिउँसो २ बजे सभामुख सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता तथा प्रमुख सचेतकलाई भेटेर जबरालाई महाअभियोग लगाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउन लागेको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराले यसअघि संवादका लागि गरेको आव्हानलाई बारले अस्वीकार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर