राष्ट्रपति भण्डारी महोत्तरीको मटिहानीमा, नवनिर्मित रङ्गशालाको समुद्घाटन – Nepal Press

राष्ट्रपति भण्डारी महोत्तरीको मटिहानीमा, नवनिर्मित रङ्गशालाको समुद्घाटन

महोत्तरी । राष्ट्रपति विद्यादेवी भण्डारी आज महोत्तरीको मटिहानी आएकी छन् । राष्ट्रपति भण्डारीले मटिहानी नगरपालिकाद्वारा मटिहानीमा नवनिर्मित रङ्गशालाको समुद्घाटन गरेकी छन् ।

उद्घाटन समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी छन् । रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास र सुफी सन्त (मुस्लिम धर्मगुरु) पिर बाबाको भूमि मटिहानीमा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत गरिएको छ ।

राष्ट्रपति भण्डारीले नेपालकै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन, ५५० वर्षको इतिहास बोकेको मटिहानीस्थित लक्ष्मी नारायण मठ र जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शनलगायतका कार्यक्रमको रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर