‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानको राष्ट्रपतिबाट प्रशंसा – Nepal Press

‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानको राष्ट्रपतिबाट प्रशंसा

जनकपुरधाम । प्रदेश २ सरकारको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशंसा गरेकी छन् ।

महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित रङ्गशालाको समुद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले नारीहरुको उत्थानका लागि प्रदेश सरकारले चलाएको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान असाध्यै राम्रो रहेको बताइन् ।

उनले उक्त अभियान प्रभावकारी ढंगले अगाडी बढाउन प्रदेश सरकारलाई सुझाव दिइन् ।

राष्ट्रपति भण्डारीले कुरिती, अन्धविश्वास र कुसंस्कारलाई हटाएर देशको विकास गर्न पहिले छोरीहरुको सर्वाङ्गिण विकास गर्नुपर्नेमा जोड दिइन् । उनले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानलाई राष्ट्रव्यापी कार्यक्रमको रुपमा अगाडी बढाउनुपर्ने बताइन् ।

उद्घाटन समारोहमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरी ऐन ल्याएपनि संघको असहयोगले भर्ना गर्न नपाएको गुनासाे गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर