चितवन पुगेर मन्त्री आलेले भने – हामी गोली गठ्ठासहित आएका छौँ, मिसन पुरा गर्छौ – Nepal Press

चितवन पुगेर मन्त्री आलेले भने – हामी गोली गठ्ठासहित आएका छौँ, मिसन पुरा गर्छौ

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले गोलीगठ्ठासहित चितवन आएको बताएका छन् ।

भरतपुर महानगरले आयोजना गरेको समृद्ध भरतपुरकालागि विकास बहस कार्यक्रममा बोल्दै आलेले गोलि गठ्ठसहित ‘मिसन पुरा’ गर्ने गरी आएको चितवन आएकाे बताए ।

उनले भने, ‘हामी गोली गठ्ठासहित चितवन आएका हौँ, मिसन पुरा गर्ने गरी आएका छौँ ।’

उनले भरतपुर विमानस्थलको क्षेत्रफल विस्तार गरेर स्तरोन्नतीको कामलाई छिटै पूर्णता दिइने दाबी पनि गरे ।

भरतपुर विमानस्थलको क्षेत्र विस्तार गर्न सेना व्यारेक र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गर्न पहल गरिने पनि आलेले बताएका छन । उनले पटिहानीको अम्ब्रेला स्ट्रिट पर्यटकीय क्षेत्र बनेकोमा प्रशंसा गरे ।

‘धेरै अप्ठ्यारो छैन, २०–२५ करोड बजेट भए पर्यटकको आकर्षण केन्द्र बन्नेछ’, उनले भने, ‘मन्त्रालयबाट सिफारिस गरेर द्रुत बजेट निकासा हुनेछ ।’


प्रतिक्रिया

3 thoughts on “चितवन पुगेर मन्त्री आलेले भने – हामी गोली गठ्ठासहित आएका छौँ, मिसन पुरा गर्छौ

  1. तेसो भय जेल हाल्नु पर्छ गोलि गठा बोकेर हिन्न पाइन्छ मन्त्री भै भन्दैमा

    1. गोलि गट्ठा सहित आएको छौ हाम्रो मिसन पूरा गर्छौ ! हासेर झन्डै मरे कति हास्नु सारै मजा लाग्यो यो भानैइ

  2. आफु अन्तर्गतका सार्बजनिक संस्थानलाइ कामगर्न नदिने आषाढमा पासग्नुपर्ने बार्षिक बजेट तथा कार्यक्रम समेत मन्त्री भएको दुइ महिना सम्म स्वीकृत नगर्ने कुरा चाही ठुला गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर