नेपालको राजनीति प्रचण्डकै वरिपरी केन्द्रीत छ : जनार्दन (भिडिओ) – Nepal Press

नेपालको राजनीति प्रचण्डकै वरिपरी केन्द्रीत छ : जनार्दन (भिडिओ)

चितवन । अर्थमन्त्री जनार्दन शर्माले नेपालको राजनीति प्रचण्डकै वरिपरी केन्द्रीत रहेको जीकिर गरेका छन् ।

भरतपुरम महानगरको कार्यक्रममा मन्त्री शर्माले नेपालमा आएका परिवर्तनहरुमा प्रचण्डले ठूलो भूमिका खेलेको उल्लेख ग र्दै अहिले पनि नेपालको राजनीतिक उनको वरिपरि घुमिरहेको जीकिर गरेका हुन् ।

उनले भने, ‘नेपालको राजनीति कसैलाई चित्त बुझ्दा या नबुझ्दा, गाली गर्दा, धारे हात लगाउँदा पनि, रिस उठ्दा पनि प्रचण्डकै वरिपरी चलिरहेको छ । नेपालमा आएका परिवर्तनहरु ल्याउन प्रचण्डले ठुलो भूमिका खेलेको छ ।’

जनयुद्धका समयमा नारायणी तटमा बसेको स्मरण गर्दै मन्त्री शर्माले भने, ‘नारायणी तटहरु क्षतविक्षत भैरहेका छन्, अब उचित बजेट व्यवस्थापन हुन्छ, तटबन्धन हुन्छ । यो वर्ष, बहुवर्षमा लाग्ने स्रोत अर्थमन्त्रालयले जुटाउँछ ।’

नारायणी नदीको डिपिआर भइसकेको उल्ल्ेख गर्दै उनले भरतपुर विमानस्थल विस्तार गर्न लागिपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर