प्रकाशमानका श्रीमती र छोरा महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित – Nepal Press

प्रकाशमानका श्रीमती र छोरा महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित

काठमाडौं । कांग्रेस सभापतिको उम्मेदवार दावी गरिरहेका नेता प्रकाशमान सिंहको परिवारबाट तीनैजना सदस्य महाधिवेशन प्रतिनिधि बनेका छन् ।

सिंह स्वतः प्रतिनिधि बन्नेछन् भने श्रीमती सिर्जना सिंह र छोरा प्रभासमान सिंह सोमवार काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन् ।

सिंह क्षेत्र नम्बर १ बाट सांसद जितिरहे पनि उनको घर चाक्सीबारी भने काठमाडौं क्षेत्र नम्बर ७ मा पर्छ । सिर्जना र प्रभास सोही क्षेत्रबाट प्रतिनिधि आएका हुन् ।

काठमाडौं ७ बाट अन्य ६ जना महाधिवेशन प्रतिनिधि पनि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा प्रमिला सिंह डंगाले,इन्द्रलाल सिंह,पुष्पमान मानन्धर र कविता दास छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर