करिब ८ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो – Nepal Press

करिब ८ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं । सेयर बजार परिसुचक नेप्से ७.९० अंकले बढेर २७६५.४३ अंकको बिन्दुमा पुगेको छ ।

२२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता सेयर खरिदविक्री भएको नेप्सेमा ३ अरब ९२ करोड रुपैयाँ बारबारको सेयर कारोबार भएको छ ।

अघिल्ला दिनको कारोबारको तुलनामा आज कारोबार रकम घटेको हो । यसैगरी सेन्सेटिभ परिसुचक समेत १.२१ अंकले बढेर ५१९.५६ अंकको बिन्दुमा पुगेको छ ।

समूहगत उपसुचकतर्फ सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको सुचाङ्क करिब १५० अंकले बढेकोछ । यसैगरी नीर्जीन बीमा समूहको ९९.४८ अंक, अन्य समूकको २७.६५ अंक, ब्यापार समूहको १५.८३ अंकले कारोबार बढेको छ ।

यसैगरी सबैभन्दा धेरै विकास बैंक समूहको करिब ३५ अंकले कारोबारमा गिरावट आएको छ । आज कारोबार भएका कम्पनी मध्ये सबैभन्दा धेरै मानुसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशत र चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९.७५ प्रतिशतले कमाएका छन ।

३४ करोड ४१ लाख रुपैयाँको कारोबार गर्दै महालक्ष्मी विकास बैंक कारोबार रकमका आधारमा अग्रस्थानमा रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *