कमल थापाको स्वीकारोक्ति : राप्रपाको संगठन इतिहासमै सर्वाधिक कमजोर – Nepal Press

कमल थापाको स्वीकारोक्ति : राप्रपाको संगठन इतिहासमै सर्वाधिक कमजोर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको संगठन अहिले इतिहासमै कमजोर भएको बताएका छन् । पार्टीभित्र गुटबन्दी र स्वार्थको चलखेल पनि नजानिँदो तरिकाले मौलाएको उनको गुनासो छ ।

पार्टीको आगामी महाधिवेसनका सन्दर्भमा कार्यकर्तालाई शुभकामना सन्देश दिँदै थापाले राप्रपासँग अवसर र चुनौति दुवै रहेको उल्लेख गरे ।

भिडियो सन्देशमा उनले भनेका छन्, ‘अहिले हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डाप्रति जनतामा आकर्षण बढेको छ । प्रमुख राजनीतिक दलको असफलताका कारण जनताले राप्रपालाई विकल्पका रुपमा हेरेका छन् । यो हाम्रोलागि अवसर हो ।’

थापाले पार्टीसँग प्रशस्त चुनौतिहरु पनि रहेको औंल्याए ।

उनले भनेका छन्, ‘पार्टीको संंगठन इतिहासमै सर्वाधिक कमजोर बनेको छ । नजानिँदो तरिकाले गुटबन्दी, स्वार्थको चलखेल लगायतका विकृति र विसंगति मौलाएको छ ।’

आगामी दिनमा राप्रपालाई देशको अग्रणी शक्ति बनाउन तथा हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा स्थापित गर्न सशक्त र गतिशील नेतृत्व आवश्यक रहेको थापाको भनाइ छ ।

राप्रपाको महाधिवेसन आगामी १५ मंसिरबाट सुरु हुँदैछ । आजबाट देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन प्रक्रिया आरम्भ भएको अध्यक्ष थापाले बताएका छन् ।


प्रतिक्रिया

One thought on “कमल थापाको स्वीकारोक्ति : राप्रपाको संगठन इतिहासमै सर्वाधिक कमजोर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर