रुपन्देही कांग्रेसमा पौडेल पक्षद्वारा मतदान बहिष्कार – Nepal Press

रुपन्देही कांग्रेसमा पौडेल पक्षद्वारा मतदान बहिष्कार

रुपन्देही । नेपाली कांग्रेसको रुपन्देही-३ को क्षेत्रीय प्रतिनिधिको मतदान रामचन्द्र पौडेल समूहको बहिष्कारका बीच सुरू भएको छ । दुई पक्षबीच कुरा नमिलेपछि सोमबार अबेरसम्म पनि मतदान प्रक्रिया अघि बढ्न सकेको थिएन् । गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्र हो ।

पौडेल समूहले केहीबेरमा पत्रकार सम्मेलन गरेर आफ्नो धारण सार्वजनिक गर्ने बताएका छन् ।

क्षेत्रीय प्रतिनिधि निर्वाचनका लागि संस्थापनइतरका उम्मेद्वार तथा प्रतिनिधिहरुले मंगलबारमात्रै मतदान गर्ने अडान लिएका थिए भने संस्थापन पक्षले आजै मतदान अघि बढाउनुपर्नेमा जोड दिएका थिए । प्रदेशको निर्वाचनमा आइतबार राति भएको झडपलाई मध्यनजर गरी दिनमा मात्रै निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने उनीहरूको माग थियो ।

आइतबार राति मतगणना भइरहेको बेला संस्थापन पक्षका व्यक्तिहरूले पौडेल समूहका नेताहरूलाई कुटपिट गरेका थिए । सोही घटना दोहोरिन सक्ने भन्दै दिउँसो मात्रै निर्वाचनको प्रक्रिया अघि बढाउनु पर्ने पौडेल पक्षको माग रहेको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट संस्थापन पक्ष देउवा समूहकी पुस्पा थरुनीको प्यानलले उम्मेद्वारी दर्ता गराएको छ भने पौडेल समूहबाट रमा अर्यालको नेतृत्वमा उम्मेद्वार दर्ता भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर