त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसका प्राध्यापक नै प्रदेश सभापति – Nepal Press

त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसका प्राध्यापक नै प्रदेश सभापति

दाङ । त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङका प्राध्यापक प्रकाश श्रेष्ठ (लाला) कांग्रेसको प्रदेश सभापतिमा निर्वाचित भएका छन् ।

मत गणनाको परिणाम अनुसार आफ्ना प्रतिस्पर्धी दुर्गा घर्तिलाइ ४० मत अन्तरले हराउँदै कांग्रेस दाङ प्रदेश क्षेत्र २ ‘क’ को प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

उनी यसअघि पनि पार्टीको घोराही १५ को सभापती थिए । उनले १ सय ६८ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वि घर्तिले १ सय २८ मत ल्याएका थिए ।

प्रदेश कार्य समितिका पदाधिकारीसहित कार्य समिति सदस्य र प्रदेश प्रतिनिधिमा अरु शिक्षकहरूले पनि जितेका छन ।

शिक्षक सेवा ऐन अनुसार सरकारी सेवामा रहेर कार्यरत कुनै पनि शिक्षकलाई कुनै पनि राजनीतिक संगठनको सदस्यता लिन नपाउने र कार्यकारी पदमा बस्न नपाउने कानुनी प्रावधान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर