एमाले महाधिवेशन प्रतिनिधि संख्या बढ्ने, संगठित सदस्य साढे ८ लाख भन्दा बढी – Nepal Press

एमाले महाधिवेशन प्रतिनिधि संख्या बढ्ने, संगठित सदस्य साढे ८ लाख भन्दा बढी

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनका प्रतिनिधि बढ्ने भएका छन् ।

१ हजार ९ सय ९९ प्रतिनिधि हुने भनिएकोमा संख्या त्यो भन्दा बढी हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

यो बीचका करिब डेढ लाख सदस्य थपिएकाले प्रतिनिधि संख्या तोकिएको भन्दा बढी हुने तामाङका भनाइ छ। उनले केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशतसहित २ हजार १ सय ५० देखि २ हजार २२ सय सम्म प्रतिनिधि हुने उनको भनाइ छ।

तामाङका अनुसार एमालेका संगठित सदस्य ८ लाख ५५ हजार ४ सय ५३ पुगेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर