गृहमन्त्रीको निर्वाचन क्षेत्रमा दुई गुटको झगडा, निर्वाचन समितिले रोक्यो चुनाव – Nepal Press

गृहमन्त्रीको निर्वाचन क्षेत्रमा दुई गुटको झगडा, निर्वाचन समितिले रोक्यो चुनाव

रूपन्देही । पौडेल समूहको बहिस्कारकाबीच शुरू गरिएको गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खांणको निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नं ३ को सोमबारको चुनाव स्थगित गरिएको छ ।

दुई दिनअघि मतगणनास्थलमै खाँण समूहको आक्रमणबाट आफ्नो समूहका कार्यकर्ता घाइते भएपछि पौडेल समूहले सुरक्षाका कुरा उठाउदै आएको थियो ।चुनावी प्रकृया शुरू भएपनि कांग्रेसभित्रकै आन्तरिक किचलोले निर्वाचन स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसको १४ औ महाधीवेशन अन्तर्गत सोमबार हुने भनिएको संघीय निर्वाचन क्षेत्र अन्तरगतको क्षेत्रीय समितिको निर्वाचनको तयारी गरिएको भएपनि साँझ पख पौडेल समूहले बहिस्कार गरेपछि स्थगित गरिएको हो ।

विवादका कारण दिनभर निर्वाचनको कुनै प्रक्रिया नगरी मतदाताहरु घर फर्केपछि निर्वाचन गर्ने षडयन्त्रमा निर्वाचन आयोग लागेकोले बहिस्कार गर्नुपरेको रामचन्द्र पौडेल समुहबाट अध्यक्ष पदका उम्मेदवार मातृका यादवले आरोप लगाएका छन् ।

दिनभर मतदान भएन रात परेपछि मतदाता फर्किउन र मतदान गरौला भन्ने योजनामा निर्वाचन आयोग समेत सामेल भयो, त्यसैले हामीले भोलि गरौला भनेर हिंडेका हौं, यादवले भने ।

‘हाम्रा साथीहरुमाथि प्रदेशसभा निर्वाचनको मतगणनाको क्रममा आक्रमण गरी घाइते बनाइयो,हामी असुरक्षित भएर मतदान गर्न सक्दैनौ भनेर पहिले नै जानकारी दिएका हौ कुनै सुनुवाइ भएन,’ यादवको भनाई छ ।

सभापति देउवा पक्षीय उम्मेदवार शुशिल गुरुङले भने पौडेल पक्षीय उम्मेदवारहरु पराजय हुने डरले निर्वाचन प्रक्रियाबाट डराएर भागेको आरोप लगाएका छन् । ‘आन्तरिक प्रतिस्पर्धा हुँदा यस्तो अवस्था आयो,मतदान सुरु गरेपछि छोडेर हिंडनुभयो निर्वाचनजस्तो प्रजातान्त्रिक बिधिमा जाँदा किन डराएर भाग्नुभयो थाहा भएन’, उनको भनाई छ ।

मतदान सूरु भएर ५० मत खसेपछि जीवनारायण अधिकारीले एक पक्षले असुरक्षाको कारण देखाएको र सहमति हुन नसकेपनि स्थगित गरिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर