पूर्वमन्त्री श्रेष्ठ कांग्रेसकाे महाधिवेशन प्रतिनिधिमै पराजित
नेपाल प्रेस
२०७८ मंसिर ७ गते ९:४९
ललितपुर । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
ललितपुर क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि रहेका श्रेष्ठ खुलातर्फ पराजित भएका हुन् । उनले १ सय ८३ मत ल्याए ।
२०१२ सालमै कांग्रेसको क्रियाशील सदस्यता लिएका श्रेष्ठ कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेतृत्वको केन्द्रीय समितिका सदस्यसमेत हुन् ।
८१ वर्षीय श्रेष्ठ पूर्व सांसद मञ्चको उपसभापति हुन् । उनी २०४८ पछिको संसदकालमा पटकपटक मन्त्री भएका थिए ।
प्रतिक्रिया