युवा संघ अध्यक्ष भन्छन्- प्रतिनिधि चयन समावेशी र लोकतान्त्रिक विधिबाट भएपछि बाहिरबाट हुँडल्न खोजियो – Nepal Press

युवा संघ अध्यक्ष भन्छन्- प्रतिनिधि चयन समावेशी र लोकतान्त्रिक विधिबाट भएपछि बाहिरबाट हुँडल्न खोजियो

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले महाधिवेशन प्रतिनिधि छनोटमा आफूहरुले सबैभन्दा समावेशी, वरिष्ठता र पार्टी एकताका तीनवटै धारलाई समेट्न खोज्दा बाहिरबाट विवाद निकालेर हुँडल्न खोजिएको बताएका छन् ।

युवा संघका केही उपाध्यक्षले प्रतिनिधि छनौटमा मनपरी भएको भन्दै पार्टीमा उजुरी दिने तयारी गरिरहेका बेला अध्यक्ष पौडेलले सबै निर्णय प्रक्रियामा सहभागी भएर नियतवस विवाद गर्न खोजे पनि संगठनमा कुनै विमति नरहेको बताए ।

युवा संघबाट अध्यक्ष पौडेलसहित उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, अन्जना अधिकारी, महासचि रमेश आचार्य र युथफोर्स संयोजक पुष्प श्रेष्ठ प्रतिनिधि चयन भएका छन् ।

कार्यालयकौ बैठक बसेर प्रतिनिधि चयनमा सहमति जुटाइएको र कतिपय सदस्य काठमाडौंबाहिर भए पनि सहमति रहेको पौडेलको दावी छ ।

प्रतिनिधि चयन गर्दा १० बुँदे सहमतिपछि एकता प्रक्रियामा समाहित क्रान्ति बुर्लाकोटी र तत्कालीन माओवादीको वाइसीएल धारबाट एकता प्रक्रियामा युवा संघमा रहेका पुष्प श्रेष्ठलाई समावेश गरिएको संघले जनाएको छ ।

बुर्लाकोटी अध्यक्ष किरण पौडेलसँगे लहानको युवासंघ सम्मेलनबाट नेतृत्वमा आएकी वरिष्ठ नेता हुन् । त्यस्तै महिलाबाट उर्मिला सुनुवार र अन्जना अधिकारीको दावी रहेकोमा उर्मिलाको अन्यत्रबाट प्रतिनिधि बन्ने सम्भावना देखिएपछि उनीभन्दा पहिले नै महिला विभाग प्रमुख भइसकेकी अन्जनालाई चयन गरिएको बताइएको छ ।

संगठनका अध्यक्ष र महासचिव प्रतिनिधि बन्नेमा विवाद नै नरहेको र ५ जनामात्र प्रतिनिधि हुने भएकाले योग्यतम कतिपय नेता पनि समेटिन नसकेको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अशोक चौलागाईंले बताए ।


प्रतिक्रिया

One thought on “युवा संघ अध्यक्ष भन्छन्- प्रतिनिधि चयन समावेशी र लोकतान्त्रिक विधिबाट भएपछि बाहिरबाट हुँडल्न खोजियो

  1. तर पार्टी मा दलित ले भोट हाल्न नपाउने ब्यवस्था ले गर्दा सिङो दलित बिचलित भएको अवस्था ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर