कांग्रेस महामन्त्री खड्काद्वारा सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी – Nepal Press

कांग्रेस महामन्त्री खड्काद्वारा सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले खुला पुरुष तर्फ सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।

उनी निर्वाचन क्षेत्र नम्बर एक कै वासिन्दा पनि हुन भने विगत लामो समयदेखि प्रतिनिधिसभामा यहि क्षेत्रबाट निर्वाचन निर्वाचित हुँदै आएका छन् ।

करिब ९०० प्रतिनिधि रहेको सो क्षेत्रमा उनले कार्यकर्ताबाट अनुमोदित हुनका लागि उम्मेदवारी दिएका हुन । ‘उहाँहरु सिधै मनोनित हुने व्यवस्था पनि छ । तर उहाँले कार्यकर्ताबाट अनुमोदित भएरै जाने भनेका कारण उम्मेदवारी दिनु भएको हो,’ उनी निकटका पत्रकार नगेन्द्र उपाध्यायले भने, ‘उहाँको जीत निश्चित छ ।’

कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले भने महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छैनन् । निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधित्व गर्ने थानीको क्षेत्रमा करिब ११ सय प्रतिनिधिहरुले मतदान गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर