एमाले केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका क्षेत्रीकाे उम्मेदवारी घोषणा – Nepal Press

एमाले केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका क्षेत्रीकाे उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक । नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशनमा विभिन्न पदहरुमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । एमालेको दशौ महाधिवेशनमा सिन्धुपाल्चोकबाट केदार क्षेत्रीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा मंगलबार पत्रकार सम्मेलन गरेर क्षेत्रीले दशौ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी चितवनमा मंसिर १० देखि सुरु हुदै छ । यो महाधिवेशन एकताको महाधिवेशन पनि हो । नीतिगत विषयहरु यस अघि नै विधान अधिवेशनबाट सर्वसम्मत पारीत भएको छ । यो महाधिवेशनले मुलतःनेतृत्व छनोट र एमालेलाई एकताबद्ध पार्टी निर्माणका लागि अघि बढाउने विश्वास आफुले लिएको विज्ञप्तिमा क्षेत्रीले भनेका छन् ।

१० औं राष्ट्रिय महाधिवेशनमा आफु सिन्धुपाल्चोक जिल्लाबाट खुला तर्फबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छनोट भएको र विगत तिन दशकदेखि विभिन्न पदमा रहेर पार्टीले दिएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्दे आइरहेकाले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेको क्षेत्रीले बताए ।२०३८ सालदेखि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको प्राकको सचिव हुदै क्षेत्रीले एमालेको राजनीतिक यात्रा सुरु गरेका थिए ।

२०४४/४५ मा काठमाडौको पिपुल्स क्याम्पसको स्ववियु सचिवमा निर्वाचीत,२०४६ मा अनेरास्ववियु जिल्ला अध्यक्ष हुँदै तत्कालिन जिल्ला विकास समितिको सदस्य,राष्ट्रिय प्रतिनिधि परिषद्‍मा सर्वाधिक मत ल्याएर निर्वाचित भएको क्षेत्रीले बताए ।

गएको स्थानीय निर्वाचनमा बलेफी गाउँपालिकामा अध्यक्षको उमेदवार भइ निर्वाचनमा विजयी भएको र राष्ट्रिय यातयात व्यावसायी महासंघको वरिष्ठ उपाध्यक्ष समेत भएकाले आफैँ देशभरका एमालेका प्रतिनिधिहरुसँग राम्रो सम्बन्ध भएकाले केन्द्रीय सदस्यमा जित्ने क्षेत्रीले दाबी गरे ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर