एमाले महाधिवेशनमा प्रतिनिधि बन्न नसकेका यी दुई पूर्वमन्त्रीहरु – Nepal Press

एमाले महाधिवेशनमा प्रतिनिधि बन्न नसकेका यी दुई पूर्वमन्त्रीहरु

इटहरी । नेकपा एमालेले प्रदेश नम्बर १ का अधिकांश जिल्लामा सहमतिमा १० औं महाधिवेशनका प्रतिनिधिहरु छनौट गरेको छ । केही ठाउँमा चुनाव पनि भयो ।

रोचक कुरा, चुनाव देखी सहमतिमा छनौट भएको जनप्रतिनिधिमा प्रदेश १ का दुई पूर्वमन्त्रीहरु भने पर्न सकेनन । भोजपुर जिल्लाबाट छनौट भएका ९ जनप्रतिनिधिमा पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पा छनौट हुन सकेनन ।

सहमतिमा भएको छनौटमा शेर्पाले अरुलाई पालो दिन आफू जिल्लाको सहमतिमा साथ दिएको महाधिवेशन प्रतिनिधिमा चुनिएका पौवादुङमा गाँउपालीकाका अध्यक्ष किरण राईले बताए ।

केन्द्रले मनोनित गर्ने प्रतिनिधिमा भने शेर्पा अटाउनैपर्ने अनुहार भएको राईले बताए ।

यस्तै, प्रदेश १ मा मुख्यमन्त्री भिम आचार्यको पालमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका हिरा थापा पनि गृहजिल्ला झापाबाट महाधिवेशन प्रतिनिधिमा चयन हुन सकेनन ।

थापाको झापा क्षेत्र नम्बर ४ मा भने सहमति प्रयास असफल भएपछि चुनाव भएको थियो । चुनावमा ६ प्रतिनिधिको लागी १६ जनाले प्रतिस्पर्धा गरेपछि १२२९ मत ल्याएर पनि पूर्वमन्त्री थापा छनौट हुन सकेनन ।

निकटतम प्रतिस्पर्धि भन्दा ७३ मत कम भएपछि थापा चयन हुन सकेनन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर