कांग्रेस महाधिवेशन : ५२ प्रतिनिधि निर्वाचित भएको पाल्पामा देउवा पक्षका २ जना मात्रै – Nepal Press

कांग्रेस महाधिवेशन : ५२ प्रतिनिधि निर्वाचित भएको पाल्पामा देउवा पक्षका २ जना मात्रै

रुपन्देही । लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पाका दुवै निर्वाचन क्षेत्रमा संस्थापन पक्ष निकै कमजाेर देखिएकाे छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्रीय सभापतिसहितका पदाधिकारी र महाधिवेशन प्रतिनिधि सवै पदमा रामचन्द्र पौडेल समूह विजयी भएपछि संस्थापन पक्ष थप कमजोर बनेको हो ।

संघीय निर्वाचन क्षेत्र अन्तरर्गत ५२ जना महाधिवेशनमध्ये संस्थापन पक्षका दुईजना मात्रै विजयी भएका छन् । वरिष्ठ नेता पौडेल पक्षका ४९ जना निर्वाचित भएका छन् । यस्तै एकजना गगन थापा पक्षबाट निर्वाचित भएको बताइएको छ ।

पाल्पा क्षेत्र नं.१ मा पौडेल समूहबाट उम्मेदवार झमनराज मगर बिजयी हुँदा देउवा समूहका विष्णु विमरेल पराजित भए । क्षेत्र नं. २ मा पौडेल समूहकै मुक्तिराम जिसी बिजयी बन्दा देउवा समूहका यादव सिंह कार्की पराजित भए ।

उनीहरुले अलग अलग प्यानलै बनाएर निर्वाचनमा लडेका थिए । झमनले ४८८ मत ल्याइ विजयी भए भने विष्णु विमरेल १०२ मत पाएका छन् । क्षेत्रीय अन्य पदाधिकारीमा पौडेल समूहकै निर्वाचित भएका छन् । उक्त निर्वाचन क्षेत्रको सचिवमा कपिल खाँण र मधु पराजुली तथा सहसचिवमा जंगबहादुर दर्लामी र दिपक अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रीय महाधिवेशन खुला प्रतिनिधिमा पौडेल समूहबाट कृष्ण अधिकारी, खगेश्वर पाठक, दानबहादुर पछाई, रमणबहादुर थापा, सन्तोष कुमार थापा, शालिकराम पाण्डे, ज्ञानबहादुर गाहँ, कल्प पौडेल, देवराज ढकाल, लक्ष्मण भट्टराई विजयी भएका छन् । पौडेल, ढकाल र भट्टराई भने देउवा समूहका हुन् ।

महाधिवेशन प्रतिनिधिमा पौडेल समूहबाट खस आर्यमा खिमबहादुर क्षेत्री, विजया भट्टराई, खुला महिला गंगा पंगेनी, दुर्गा देवी भण्डारी, पवित्रा ढकाल, विष्णुमाया ढकाल, जनजाती महिला ननिसरा गाहा, मुना थापा, सिमादेवी थापा, जनजाती पुरुषमा डिल बहादुर ढेंगा, पुर्ण कुमारी सोती, विष्णु कुमार थापा, सन्दिप राना, दलितमा अर्जुन विश्वकर्मा समावेशीमा हजिलदिन मिया विजयी भएका छन् ।

पाल्पा क्षेत्र नं. २ मा मुक्तिराम जिसीको नेतृत्वमा पौडेल पक्षबाटै पुरै प्यानल विजयी भएको छ । विजयी जिसीले ४६० मत ल्याएका थिए भने प्रतिस्पर्धी यादव सिंह कार्कीले २१४ मत ल्याइ पराजित भएका छन् ।

यसैगरी पौडेल समूहबाटै क्षेत्रीय सचिवमा कृष्णबहादुर आले, टंकनाथ न्यौपाने, सहसचिवमा मनसिंह कुवँर, झपेन्द्र पचभैया, प्रत्यक्ष खुलातर्फ पाण्डव पौडेल, विष्णु गैरे, रकी कविराज, प्रत्यक्ष महिलातर्फ भगवती घिमिरे, खसआर्य सुरेश रायमाझी, खस आर्य महिला लक्ष्मी पाण्डे, जनजाति खुलामा गंगा राना वगाले, पूर्ण बहादुर श्रेष्ठ, जनजाती महिला सुनिता श्रेष्ठ, दलित मोहन हेमचुरी, मधेशी राजीवकुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुलाबाट पौडेल पक्षबाट कृष्ण प्रसाद बस्याल, झपेन्द्र गहिरे, महेन्द्रप्रसाद पाण्डे, मेजर सिंह के.सी., यमलाल तिमिल्सिना, रामेश्वर पंन्थी, विधान प्रसाद श्रेष्ठ, वीरबहादुर राना, शंकर रायमाझी, हिमालदत्त श्रेष्ठ विजयी भएका छन । खुला केन्द्रीय प्रतिनिधिमा सबैभन्दा बढी मत पार्टी सभापति वीरबहादुर रानाले ५४४ मत ल्याए ।

प्रत्यक्ष महिलातर्फ केन्द्रीय प्रतिनिधिमा पौडेल समूहबाट धनकला गाहा, लालकुमारी राना, शान्ता वोहोरा, सुनिता अधिकारी विजयी भए । खस आर्य खुलामा पौडेल समूहबाट राम काकी, शिवचन्द्र खनाल निर्वाचित भए ।

खस आर्य महिला पौडेल समूहबाट कान्ता अधिकारी, बसन्ती घिमिरे निर्विरोध निर्वाचित भए । यस्तै, आदिवासी जनजाति खुलामा पौडेल समूहबाट कृष्ण बहादुर राना, नलबहादुर राना, राजेन्द्र गोपाल सिंह विजयी भए ।

आदिवासी जनजाति महिलामा पौडेल समूहकै शान्ति झेडी थापा र शोभा शाक्य निर्विरोध निर्वाचित भएका छन् । दलितमा पौडेल समूहबाट लक्ष्मण हिंताङ्ग, समावेशी अपाङ्ग, मुस्लिमा जमिला मिया विजयी भए ।

पाल्पामा पौडेल समूहको नेतृत्वमा पार्टी सभापतिसमेत रहेका लुम्विनी प्रदेशका उर्जा जलश्रोत तथा ंिसंचाई मन्त्री वीरबहादुर रानाले गरेका छन् भने देउवा पक्षको नेतृत्व पार्टी केन्द्रीय सदस्य हरिप्रसाद नेपालले गरेका छन् ।

जिल्ला सभापतिमा नेताहरु यमलाल तिमिल्सिना, कृष्ण बस्याल, हिमाल श्रेष्ठ, देवराज ढकालले मत मागिरहेका छन् । यी मध्ये ढकाल मात्रै देउवा समूहका हुन् भने अन्य तीनै जना संस्थापन इतर समूहका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर