सांसद पाण्डे कांग्रेस प्रतिनिधिमा पराजित – Nepal Press

सांसद पाण्डे कांग्रेस प्रतिनिधिमा पराजित

रुपन्देही । स्याङजामा प्रतिनिधिसभा सदस्य मोहन पाण्डे नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलका विश्वास पात्र मानिएका उनलाई स्थानीय कार्यकर्ताले जसरी पनि पराजित गर्ने अभियान संचालन गरेको थियो ।

पाण्डे जिल्लाको क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक तर्फका सांसद रहेका पाण्डेकै वडाबाट ३ जनाले महाधिवेशन प्रतिनिधि जिताउँदा उनलाई कार्यकर्ताले पत्याएनन् ।

उक्त निर्वाचन क्षेत्रबाट १० जना उम्मेदवारले जित्नुपर्नेमा मोहन पाण्डे चौधौं नम्वरमा पर्ने गरी मत ल्याए । ‘उहाँले पौडेल पक्षका नाममा धेरै राजनीति गर्नु भयो त्यसैले उहाँलाई हामीले यसपटक महाधिवेशन प्रतिनिधिबाटै बिदा गरेका हौं ’एक कांग्रेस कार्यकर्ताले भने ।

पाण्डेले केन्द्रीय नेताहरुलाई प्रभाव पारेर आफैले मात्रै अवसर लिने र अन्य कार्यकर्ताहरुलाई समेत बेवास्ता गरेका कारण आफूहरुले पनि पौडेल समूह त्याग्नु परेको ती कार्यकर्ताले गुनासो गरे ।

उक्त निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी मत भागवत प्रकाश मल्लले ल्याएका छन् भने उनीसंगै बिष्णु पौडेल, गुरुप्रसाद भट्टराई, अर्जुन प्रकाश अर्याल,युवराज पाण्डे, शिवकुमार गिरी, लक्ष्मी प्रसाद रेग्मी, महेन्द्र श्रेष्ठ, छायाराम खनाल र जलेश्वर पाण्डे खुल्लातर्फ बिजयी भए भने महिलातर्फ कल्पना तिवारी, कविता तिवारी, सरस्वती तिवारी र खगिश्वरा भण्डारी बिजयी भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर