पत्रकार अजयबाबुले गरे कांग्रेस केन्द्रीय सदस्यमा लड्ने घोषणा – Nepal Press

पत्रकार अजयबाबुले गरे कांग्रेस केन्द्रीय सदस्यमा लड्ने घोषणा

काठमाडौं । पत्रकार अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । नेपाल प्रेस युनियनको महासचिव समेत रहेका पत्रकार शिवाकोटीले सक्रिय पत्रकारिता जीवनलाई विश्राम दिदैं पार्टी राजनीतिलाई अगाडि बढाउन चाहेको बताएका छन् ।

हाम्रा कुरा डटकमको संस्थापक प्रधान सम्पादक रहेका शिवाकोटी दोलखाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । २ दशकभन्दा लामो पत्रकारिता जीवनका दौरान प्राप्त अनुभवलाई मूलधारको राजनीतिमा समर्पित गर्न आफू केन्द्रीय सदस्यको उम्मेदवार बन्ने शिवाकोटीले बताए ।

‘पत्रकारिताको माध्यमबाट लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र जनताका सवालमा आवाज उठाउँदै आएको हुँ । अब भने सक्रिय राजनीतिबाटै योगदान गर्न चाहेको छु’, उनले पत्रकारहरुसँग भने ।

केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएपछि सक्रिय पत्रकारिता र प्रेस राजनीतिमा नफर्कने घोषणा गर्दै शिवाकोटीले सञ्चार उद्यमीका रुपमा भने सक्रिय रहने बताए । ‘सञ्चारकर्ममा उद्यमीका रुपमा म रहन्छ तर जिते पार्टीको नेता बन्ने, हारे फेरी पत्रकार बन्ने मेरो सोच होइन’, उनले भने ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सम्बन्धित समाचार ‘ब्रेक’ गरेपछि पत्रकार शिवाकोटी चर्चामा आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर