बुटवलमा पौडेल समूहका लम्साल क्षेत्रीय सभापतिमा विजयी – Nepal Press

बुटवलमा पौडेल समूहका लम्साल क्षेत्रीय सभापतिमा विजयी

रूपन्देही । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा रामचन्द्र पौडेल समूहका हरि लम्साल विजयी भएका छन् ।

मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पार्टीको संस्थापन इतर समूहका लम्साल विजयी भएका हुन् ।

सभापतिमा विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी काजीमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले बताए। उनी संस्थापन पक्षका हुन् ।

त्यस्तैगरी सचिव पदमा श्रेष्ठ समूहका उम्मेद्वार प्रजापाल गिरी (४२९) र लम्साल समूहबाट बिमलराज भट्टराई (३६८) निर्वाचित भएका छन। सहसचिव पदमा लम्साल समूहका मिलन थापा (३५१) र राजबहादुर क्षेत्री (३४०) विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको छ । मंगलबार राती यहाँको मतगणनाको विषयमा विवाद बढेपछि संस्थापन समूहका कार्यकर्ताले कुटपिट गर्दा पौडेल समूहका महाधिवेशन प्रतिनिधिका उम्मेदार दीर्घबहादुर केसी घाइते भइ उपचारका लागि काठमाडौं पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर