दक्षिणपन्थी चिन्तन बढेको भन्दै वामपन्थी लेखक गिरीले छाडे एमाले – Nepal Press

दक्षिणपन्थी चिन्तन बढेको भन्दै वामपन्थी लेखक गिरीले छाडे एमाले

काठमाडौं । वामपन्थी लेखक अमर गिरीले नेकपा (एमाले) परित्याग गरेका छन् । बुधबार वक्तव्य जारी गरेर गिरीले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष समेत रहेका गिरी एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा १० औं महाधिवेशन प्रतिनिधिसमेत हुन् । एमालेमा दक्षिणपन्थी चिन्तन बढेको उनको आरोप छ ।

एमालेमा नवौं महाधिवेशनदेखि दक्षिणपन्थी चिन्तन बढेको, महाधिवेशनबाट पारित विचारनीति, कार्यक्रम, कार्यदिशाविपरीत हिँड्न सुरू गरेको र केपी ओली यस चिन्तनको केन्द्रमा रहेको आरोप उनले लगाएका छन् ।

पार्टीमा यथास्थितिवादी चिन्तन, चरम व्यक्तिवाद, नेतृत्वको देवत्वकरण र नैतिक मूल्यको गम्भीर क्षय भएको गिरीको आरोप छ ।


प्रतिक्रिया

One thought on “दक्षिणपन्थी चिन्तन बढेको भन्दै वामपन्थी लेखक गिरीले छाडे एमाले

  1. कुनै दलालकाे उस्काहटमा परेछन् । अनुशासन आयाेगमा सदस्य हुँदा, महाअधिवेशन प्रतिनिधि भएकाे दिनदेखि आजसम्म एमालेमा के परिवर्तन आएकाे छ र त्याे दिन प्रतिनिधि हुने आज छाेड्ने ? त्यसकारण दलालहरूले यिनलाई उकासेर तिमी छाेड अरूलाई पनि बाटाे खुल्छ र एमालेलाई केही हदसम्म भए पनि कमजाेर बनाउन सकिन्छ भनेर दलालकाे गाेटी बनेछन् यी मनुवा । तिमीभन्दा याेग्य लेखक हजाराैं छन् एमालेमा । छाेडेर केही नापिदैन । अरू काम गर्नेले माैका पाउँछन् । यस्ता भडुवाहरूले छाेडेकै राम्राे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर