माधव नेपालको हिन्दी डाइलगमा ओलीको जवाफ- सात वर्षअगाडि को ‘चुर-चुर’ भएको थियो ? (भिडिओ) – Nepal Press

माधव नेपालको हिन्दी डाइलगमा ओलीको जवाफ- सात वर्षअगाडि को ‘चुर-चुर’ भएको थियो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले हिन्दी फिल्मका भिलेनको डाइलग बोलेको भन्दै कटाक्ष गरेका छन् । कांग्रेसका पिछलग्गुले एमालेलाई धाक दिन नसुहाउने उनको भनाइ छ ।

पार्टीको साइबर सर्कल घोषणा गर्दै ओलीले भने, ‘कतिले ठानेका छन् अदालतको फैसलाबाट जनताका पक्षधरलाई पराजित गरियो । अन्तिम विजय ठानेका छन् । केही व्यक्तिहरुले बोल्दै हिँडको सुन्नुभएको होला । विभिन्न कुराहरु बोल्दै हिँडेका छन् । एकजना सात वर्षजति अगाडि अध्यक्षको चुनावमा मसँगै पराजित भएको मान्छेले हिन्दी फिल्मको भिलेनको डाइलग बोलेछन् । के भनेछन् भने– जो हमसे टकराएगा ओ चुरचुर हो जायगा । सात वर्ष अगाडि हारेको मान्छे । त्यसबेला को चुरचुर भएको थियो ? मलाई अचम्म लाग्यो । कसरी बोल्न सक्या होला ।’

कांग्रेसको पुच्छर समातेर धेरै फुर्ति नलगाउन ओलीले चुनौति दिए ।

उनले भने, ‘यिनीहरु दुई चार दिनका मेहमान हुन् । अहिले कांग्रेसको पुच्छर समातेर बडा फुर्ति लगाइरहेका छन् । पिठ्यूमा झिँगो बसेर कांग्रेसले यसो पुच्छर हल्लायो भने यिनीहरु कहाँ पुग्छन् कहाँ । कांग्रेसका पुच्छरले यत्रो धाक लगाउने एमालेसँग ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर