एमाले महाधिवेशन : चितवन झरेका तीनै नेताको सचिवमा दाबी
चितवन । भोलिदेखि हुने एमालेको १०औं महाधिवेशनका लागि नेताहरू चितवन आउने क्रम बढेको छ । चितवन झर्नेमध्ये अधिकांशले भरतपुर विमानस्थालमा उम्मेदवारी घोषणा गरिरहेका छन् ।
बुधबार एमाले सचिव योगेश भट्टराई र मूल आयोजक कमिटीका सहसंयोजक सुरेन्द्र पाण्डे चितवन आइसकेका छन् । तीमध्ये भट्टराईले आफू फेरि सचिवमा दोहोरिने योजनामा रहेको बताए ।
पार्टीको कार्यकारी भूमिकामा बस्न अझै १५ वर्ष बाँकी रहेको उल्लेख गर्दै उनले एकैपटक माथि चढ्न खोजे लुँडो खेलमा जस्तै लडिने सम्भावना रहेको बताएक थिए । बिहीबार विमानस्थल उत्रेका एमाले नेता महेश बस्नेत र शेरबहादुर तामाङले पनि सचिवमा उम्मेदवारी दिने मनसाय बनाएको बताए ।