‘ती महाधिवेशन, यो महाधिवेशन’
काठमाडौं । प्रमुख प्रतिपक्षमा रहेको देशको सबैभन्दा ठूलो दल नेकपा एमालेको महाधिवेशन चितवनमा भोलिबाट सुरू हुँदैछ । पार्टीभित्रको विरोधि खेमा विभाजित भएर गइसकेकाले यसपालीको महाधिवेशनमा नेतृत्वको लडाइँ त्यति धेरै पेचिलो छैन ।
भीम रावलले कुनै ‘चमत्कार’ नगरे पार्टी अध्यक्षमा केपी शर्मा ओली दोहोरिने लगभग निश्चित देखिन्छ । दुईपटक एमाले महासचिवको जिम्मेवारी सम्हालेका ईश्वर पोखरेलको अध्यक्षमा दाबेदारी अपेक्षित थियो । सुरूमा उनी इच्छुक पनि देखिएका थिए, तर ओलीको दोहोरिने चाहना बुझेपछि मौन बसेका छन् ।
एमालेमा विगतदेखि नै ‘किङमेकर’ का रूपमा चिनिँदै आएका छन् महासचिव पोखरेल । प्रायः संस्थापन पक्षको दरिलो खम्बाका रूपमा उनले आफूलाई उभ्याउँदै आएका छन् । नवौं महाधिवेशनमा उनले ओलीलाई साथ दिए र त्यसयता निरन्तर ओलीको पक्षपोषण गर्दै आए । यद्यपि पछिल्लो समय अध्यक्ष ओलीबाटै उनीमाथि एकपछि अर्को पूर्वाग्रही व्यवहार भएको महसुस पोखेरलका समर्थकहरूले गरेका छन् ।
एमालेमा पोखरेलको राजनीतिकसँगै व्यवस्थापकीय भूमिका उत्तिकै महत्वपूर्ण छ । लामो समय ‘लो प्रोफाइल’ मा रहेर पार्टीको व्यवस्थापकीय जिम्मेवारीहरू उनले कुशलतापूर्वक निर्वाह गर्दै आए । पार्टीका महत्वपूर्ण बैठक, सम्मेलन, अधिवेशन र महाधिवेशनमा व्यवस्थापनका लागि उनको खोजी हुने गरेको छ ।
महासचिव पोखरेलले पहिलोपटक २०३५ सालमा तत्कालीन कोअर्डिनेसन केन्द्रको तेस्रो राष्ट्रिय सम्मेलनको व्यवस्थापन सम्हालेका थिए । उक्त राष्ट्रिय सम्मेलन र त्यसयताका विभिन्न महाधिवेशनमा पोखरेलको अनुभव यस्तो छ :
म २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्य भएको हुँ । त्यसबेला एसएलसी पढ्दै थिएँ । तत्कालीन कम्युनिष्ट पार्टीका स्थानीय नेता लेखनाथ शर्माले सदस्य बनाउनुभएको सम्झनामा छ ।
धेरै बुझेर कम्युनिष्ट पार्टीमा लागेको होइन म । यसले जनताको हित गर्छ, चीनमा पनि कम्युनिष्टले विकास गरेका छन् भन्नेलगायतका सतही कुरा सुनेर सदस्य भएको थिएँ । विस्तारै धेरै कुराहरू बुझ्दै गएँ । क्याम्पसमा पढ्ने क्रममा खुलेर राजनीतिक गतिविधिमा क्रियाशील हुन थालेँ ।
त्यसबेला विद्यार्थी राजनीतिमा प्रतिबन्ध थियो । अनेरास्ववियु, नेविसंघ भनेर क्याम्पसमा औपचारिक गतिविधि गर्न पाइँदैन थियो । सबै काम गुपचुप रूपमा गर्नुपर्थ्यो ।
पछि अनेरास्ववियुको आन्दोलनको बलमा त्यस्तो प्रतिबन्ध हट्यो । म जनकपुरको रारा बहुमुखी क्याम्पसमा पढ्थेँ । सम्भवतः पहिलोचोटि अनेरास्ववियुबाट स्ववियू चुनाव लडेर सबैभन्दा धेरै मत ल्याएर मैले सदस्यमा जितेको हुँ । त्यसपछि कीर्तिपुरमा बीएड पढ्न आएँ । त्यसबेलासम्म म झापा संघर्षबाट आएका साथीहरूसँग जोडिइसकेको थिएँ । त्यही संघर्षबाट प्रभावित भएर बनेको कोअर्डिनेसन केन्द्र (अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी) मा म आबद्ध भएँ ।
२०३२ सालको जेठमा कोअर्डिनेसन केन्द्रको गठन भएको हो । गठन हुँदाको कार्यक्रममा म उपस्थित थिइनँ । संगठनमा म नयाँ नै थिएँ । २०३३ सालमा म केन्द्रको सदस्य बनेँ । त्यसबेला उमेरले २३ वर्ष लागेको थिएँ । केन्द्रका संस्थापक महासचिव सीपी मैनाली जेलमा हुनुहुन्थ्यो । झलनाथ खनाललाई कार्यवाहक महासचिव तोकिएको थियो ।
तेस्रो सम्मेलनको आयोजना
२०३३ सालको चैतमा सीपी मैनाली नख्खु जेल ब्रेक गरेर निस्किनुभयो । त्यसपछि पार्टीको सम्मेलन गर्नुपर्ने भयो । मेरो कार्यक्षेत्र धनुषा जिल्लाको ठेरा कचुरी भन्ने गाउँमा सम्मेलन गर्ने निर्णय भएको थियो । त्यसैले सम्मेलनको आयोजना र व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी मलाई दिइयो ।
यो मेरो राजनीतिक जीवनको पहिलो ठूलो चुनौती थियो । म आफैं भूमिगत अवस्थामा थिएँ । २०३२ साल वैशाखबाट भूमिगत भएर हिँडेको म १५ वर्षपछि २०४७ साल जेठ १० गते तत्कालीन नेकपा मालेको आमसभामार्फत खुल्ला भएको हुँ । त्यसबेला भूमिगत अवस्थामा परिवार, नातागोता, इष्टमित्र कसैसँग भेटघाट र सम्पर्क हुन्थेन । न त हामी भारतमा नै आश्रय लिन पुगेका थियौं । देशभित्रै, नेपाली जनताकै घरमा आफूलाई लुकाएर राजनीतिक संघर्ष अगाडि बढाएका थियौं ।
खैर, पार्टीले दिएको जिम्मेवारीलाई मैले अत्यन्तै संवेदनशीलताका साथ निभाएँ । २०३५ साल साउन ४ देखि ९ गतेसम्म तेस्रो सम्मेलन आयोजना भएको थियो । यो सम्मेलन मेरो राजनीतिक जीवनका लागि मात्र नभएर पार्टी जीवनमा पनि अविस्मरणीय छ । पहिलोपटक कोअर्डिनेसन केन्द्र (कोके) गठन गर्दाको भेलालाई पहिलो सम्मेलन भनिएको रहेछ । बीचमा एउटा सानो मिटिङ राखेर दोस्रो भनिएछ । मैले आयोजना गरेको तेस्रो सम्मेलन चाहिँ वास्तविक सम्मेलन थियो ।
सम्मेलन आयोजना भएको स्थान हाम्रो जनआधारित क्षेत्र थियो, जहाँ राजनीतिकरूपमा सचेत श्रमजीवी र भूमिहिनहरू बस्थे । त्यसबेला पार्टीमा एकातिर नख्खु जेल ब्रेक गरेर आउने सीपी मैनालीहरू थिए भने अर्कोतिर मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रित लगायतको मुक्तिमोर्चा समूह थियो ।
एउटा क्रान्तिकारी संगठन निर्माण भएर नयाँ झिल्का निस्किदै थियो । उज्यालो छर्दै थियो । हामी केही जिल्लामा मात्रै थियौं । तर, नयाँ तरंग ल्याउन सफल भएका थियौं । नख्खु जेल ब्रेक भएकाले त्यसै तरंग थियो । मुक्तीमोर्चा समूहका नेताहरू मिसिँदा अर्को हलचल भयो ।
पुलिस प्रशासन खोजीमा हामी थियौ नै । टाउकोमा इनाम ठोकिएका नेताहरू थिए । मदन भण्डारीलाई मोरङका इटहरीमा गएर दुई दिन पर्खेर रिसिभ गरिएको थियो । म आफैं भारतको मोजफ्फरपुरमा गएर मोदनाथ, जीवराज, प्रदीप नेपाललगायतलाई रिसिभ गरेर ल्याएको थिएँ । हामी बोर्डरसम्म आइसकेपछि पैदल नै हिँडेर कार्यक्रम स्थलसम्म पुगेका थियौं ।
त्यो सम्मेलनमा हामीलाई स्थानीय जनताले साथ दिएका थिए । जनताबाटै खाद्यान्नहरू संकलन भयो । पार्टी सचिवालयसँग सम्बन्धित कामहरूमा बाहेक अरु खर्च नगण्य नै थियो । व्यवस्थापकीय हिसाबले हेर्दा अहिलेको महाधिवेशन र त्यस सम्मेलनको कुनै तुलना हुँदैन ।
त्यो बेलाको बैचारिक लडाइँ पनि कम्ति पेचिलो थिएन । कोकेलाई उग्रवामपन्थताबाट मुक्त गर्नुपर्छ भन्ने एकथरि विचार थिए । भारतको नक्सलाइटको सिको गरेर मात्र हुँदैन आफ्नो मौलिकता चाहिन्छ भन्ने धारणा यस पक्षको थियो । अर्कोथरि नेताहरू पार्टी दक्षिणपन्थी भयो र क्रान्तिक्रारी लाइन छोड्यो भनेर असन्तुष्ट हुनुहुन्थ्यो ।
यसप्रकार दुई विपरित ध्रुवबाट पार्टी हेडक्वाटरमा गोलावारी भयो । त्यसलाई प्रतिवाद गरेर कोअर्डिनेसन केन्द्रलाई मझधारमा कायम राखियो । पार्टीले सुधारको लाइन लियो ।
सीपी मैनालीको विस्थापन
तत्कालीन समयमा हाम्रा पार्टीको नेतृत्व सीपी मैनालीले सम्हाल्नुभएको थियो । त्यसबेला उहाँको छवि कुनै दन्त्यकथाको राजकुमारभन्दा कम थिएन । वायूपंखी घोडा चढेर तरबार चलाउँदै दुश्मनहरू ढाल्दै हिँड्ने राजकुमारजस्तो । खानदानी परिवारको सदस्य, एसएलसीको बोर्डमा आएको, आकर्षक र प्रभावशाली व्यक्तित्व, जेल ब्रेकको अगूवाइ गरेको आदि कारणले पार्टीबाहिर उहाँको ‘करिस्म्याटिक’ खालको छाप थियो ।
तर, पार्टीभित्र चाहिँ उहाँले आफ्नो प्रभाव गुमाउँदै जानुभयो । पार्टीको आकार ठूलो हुँदै जाँदा यसलाई आफ्नो पकडमा राख्ने नेतृत्व क्षमता उहाँमा रहेन । सबैले आफूले भनेको मानिदिउन् भन्ने सोच्ने, तर अरुलाई विश्वासमा लिन नसक्ने । यसले गर्दा सीपी मैनाली कमजोरमात्र हुनु भएन, केन्द्रीय समितिमा नितान्त एक्लो हुन पुग्नुभयो । अरु सबै केन्द्रीय सदस्य एकातिर उहाँ अर्कोतिर ।
तर, समस्या के भने पार्टीमा सीपीको विकल्पमा को भन्ने प्रश्नको उत्तर थिएन । उहाँको जस्तो हाइट अर्को कुनै नेताले बनाउन नसकेको अवस्था थियो । मदन भण्डारी पनि त्यो बेलासम्म सीपीको उचाइमा पुग्नुभएको थिएन ।
आज म एमालेको चौंथो महाधिवेशन पनि सम्झिरहेको छु । नेपालमा प्रजातन्त्र आउनुअअघि २०४६ साल भदौमा यो महाधिवेशन सिराहाको एउटा गाउँमा भएको थियो । राजमार्गभन्दा उत्तर डेढ-दुई घन्टा दूरीमा पर्ने त्यो गाउँ मेरो कार्यक्षेत्र अन्तर्गत पर्थ्यो । त्यसैले महाधिवेशनको मुख्य व्यवस्थापन समूहमा म पनि थिएँ ।
यस्तो पृष्ठभूमिमा मालेको केन्द्रीय समितिको सातौं वैठक अति महत्वपूर्ण थियो, जसको आयोजना र व्यवस्थापन मैले गरेको थिएँ । यो वैठक २०३९ सालको असोज महिनामा भएको हो । भूमिहीन किसानको बस्तीमा मै आयोजना गरिएको थियो । त्यस बैठकमा सीपी मैनालीले महासचिवबाट राजीनामा दिनुभयो । र, उहाँको ठाउँमा झलनाथ खनाललाई महासचिव बनाइयो ।
सीपीले त्यसबेला पार्टीले कारवाही गरेर आफूलाई हटाएको बताउने गर्नुभएको छ । तर, त्यस्तो होइन । पार्टीभित्रको आलोचना र विरोध थाम्न नसकेपछि उहाँ आफैंले राजीनामा दिनुभएको थियो । यो घटनाले वास्तवमा नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो महत्व राख्छ । यसले तत्कालीन भूमिगत पार्टी मालेभित्र विभाजनको तरंग ल्याइदिएको थियो ।
चौथोदेखि नवौं महाधिवेशनसम्म
आज म एमालेको चौंथो महाधिवेशन पनि सम्झिरहेको छु । नेपालमा प्रजातन्त्र आउनुअअघि २०४६ साल भदौमा यो महाधिवेशन सिराहाको एउटा गाउँमा भएको थियो । राजमार्गभन्दा उत्तर डेढ-दुई घन्टा दूरीमा पर्ने त्यो गाउँ मेरो कार्यक्षेत्र अन्तर्गत पर्थ्यो । त्यसैले महाधिवेशनको मुख्य व्यवस्थापन समूहमा म पनि थिएँ ।
त्यही महाधिवेशनबाट एमालेमा मदन भण्डारीको जबरजस्त उदय भएको हो । उहाँ पार्टीको महासचिव छानिनुभयो । उहाँलाई कसैले चुनौति नै दिन सकेन । सीपी मैनाली कमजोर भइसक्नुभएको थियो ।
त्यस महाधिवेशनका तीनवटा पक्ष महत्वपूर्ण छन् । नेपालमा विभिन्न साना-ठूला कम्युनिष्ट समूहको मोर्चा बन्नुपर्छ भन्ने अवधारणा त्यस महाधिवेशनबाट पास गरियो । राजाको निदर्लीय निरंकुश व्यवस्थाको विरुद्धमा सम्भव भएसम्म सबै शक्तिसँग मिलेर जानुपर्छ भन्ने लाइनमा माले उभियो । त्यस क्रममा राजतन्त्रको साझा सत्रुविरुद्ध प्रतिस्पर्धी पार्टी कांग्रेससँग मिलेर जाने नीति पारित गरियो ।
तेस्रो, चाहिँ हामीले त्यही महाधिवेशनबाट बहुदलीय प्रतिस्पर्धासहितको जनवादी व्यवस्थालाई पहिलोपटक अंगिकार गर्यौं । सोही सैद्धान्तिक प्रस्तावना २०४९ सालको पाचौं राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलिय जनवादका रूपमा विकसित भएको हो । पाँचौं महाधिवेशनमा मदन भण्डारी फेरि भारी मतले महासचिव निर्वाचित हुनुभयो । त्यही महाधिवेशनमार्फत पार्टीको न्यूनतम कार्यक्रमका रूपमा जबज विधिवत पारित भयो ।
पाचौं महाधिवेशन काठमाडौंमै भएको थियो । प्रजातन्त्र आइसकेको हुँदा भूमिगत व्यवस्थाजस्तो चुनौती थिएन । जनसंगठनहरू सबै परिचालित गरिएका थिए । म काठमाडौंको काम हेर्थेँ । तर पहिलेजस्तो व्यवस्थापनको गह्रुंगो जिम्मेवारी जिम्मवारी भएन ।
२०५० साल जेठ ३ मा दासढुंगा दुर्घटना भएपश्चात माधव नेपाल महासचिव मनोनीत बन्नुभयो । छैटौं महाधिवेशन नेपालगञ्जमा भयो । त्यसले माधव नेपाललाई महासचिव छनोट गर्यो । जनकपुरमा भएको सातौं महाधिवेशनबाट पनि उहाँ नै महासचिव रहनुभयो । आठौं बुटबलमा र नवौं काठमाडौंमा भयो । दसौं अब चितवनमा हुन गइरहेको छ ।
विगतका महाधिवेशनको स्मृतिपछि पोखरेलसँग भोलिबाट सुरू हुन गइरहेको दसौं महाधिवेशनका सन्दर्भमा गरिएको वार्तालापः
-पार्टीको सुरूआती महाधिवेशन र पछिल्ला महाधिवेशनहरूलाई तुलना गरी हेर्दा व्यवस्थापकीय हिसाबले ज्यादै भड्किलो भएको र क्रान्तिकारी धार भुत्ते हुँदै गएको महसुस हुँदैन ?
हिजो र आजको काम गर्ने तौरतरिका अवश्य पनि फरक हुन्छ । त्यो स्वाभाविक हो । प्रविधिमा आएको परिवर्तन र भौतिक सुविधाहरूलाई हामीले पनि आत्मसात् गर्नैपर्छ । हिजो पैदल हिँडेर जाने ठाउँमा आज मोटरमा गइन्छ वा जहाजमा गइन्छ । क्रान्तिकारी हुने भनेर पैदल नै हिँड्ने कुरा हुँदैन ।
माधव नेपालले १५ वर्ष अविच्छिन्न रूपमा पार्टी हाँक्नुभयो । तर, केपी ओली सर्वोच्च पदमा पुग्नुभएको थिएन । उहाँले पनि त जाँचिने मौका पाउनुपर्यो । मैले माधव नेपाललाई पनि यही कुरा भनेँ । उहाँलाई पनि जाँचिने मौका दिउँ । राम्रो गर्नुभयो भने पार्टीलाई र देशलाई पनि फाइदा हुन्छ । ह्वाइ नट वान्स भनेर एकदमै जोडतोडले लागेको हो । केपी ओली स्टेचरमा बसेर भए पनि यो पार्टीको प्रमुख बन्नुपर्छ भन्ने मान्छे हौं हामी ।
हिजो झोलाझोलामै अफिस हुन्थे । सीपी मैनालीले जेल तोडेर आउनुभएपछि काठमाडौंमा साथीहरूको डेरालाई अफिसको रूपमा प्रयोग गर्न थालियो । उहाँ केही दिन एउटा साथीकोमा, फेरि अर्को साथीकोमा सर्दै जाँदा अफिस पनि उहाँसँगै सर्थ्यो । महासचिव जहाँ बस्यो, त्यहीँ यसो चाँजोपाजो मिलायो ।
अब अहिलेको कुरा गर्दा सुविधासम्पन्न पार्टी कार्यालय छ । मोबाइल, इन्टरनेटका सुविधाहरू छन् । यस्ता सुविधाहरूले हाम्रो कामगराइलाई अझ प्रभावकारी र छरितो बनाउने हुन् । यसलाई बुर्जुवाकरण भएको भन्न मिल्दैन ।
– तपाईंको व्यक्तिगत कुरा गर्दा हरेक महाधिवेशनमा तपाईंले संस्थापन पक्षलाई साथ दिनुभएको देखिन्छ । कतिपयले यसलाई शक्तिको भक्ति गरेको अर्थमा लिएर आलोचना पनि गर्छन् । यो संयोग मात्रै हो वा संस्थापनसँग नजिक हुने तपाईंको प्रवृत्ति हो ?
पार्टीमा संस्थापन कहाँ छ भनेर म खोज्दै जान्न । म जहाँ सही ठानेर उभिन्छु, त्यो संस्थापन भएको छ । यसलाई संयोग भन्नुस् वा जे भन्नुस् । आधिकारिक नेतृत्व जो हो त्यसलाई त सबैले मान्नैपर्छ । हिजो सीपी मैनाली, झलनाथ खनाललाई मानियो । मदन कमरेड आएपछि उहाँलाई मानियो । त्यसपछि माधव नेपाललाई पनि डटेर साथ दिएकै हो । पछिल्लो महाधिवेशनमा केपी ओलीको पक्षमा दृढतापूर्वक उभिएँ । म जहाँ उभिन्छु, त्यो संस्थापन बन्छ भने त्यो मेरा लागि सुखद कुरा नै हो ।
– नवौं महाधिवेशनमा किन केपी ओलीतिर लाग्नुभयो ?
केपी ओली झापा संघर्षबाट पैदा भएको नेता हो । माधव नेपालले १५ वर्ष अविच्छिन्न रूपमा पार्टी हाँक्नुभयो । तर, केपी ओली सर्वोच्च पदमा पुग्नुभएको थिएन । उहाँले पनि त जाँचिने मौका पाउनुपर्यो । मैले माधव नेपाललाई पनि यही कुरा भनेँ । उहाँलाई पनि जाँचिने मौका दिउँ । राम्रो गर्नुभयो भने पार्टीलाई र देशलाई पनि फाइदा हुन्छ । ह्वाइ नट वान्स भनेर एकदमै जोडतोडले लागेको हो । केपी ओली स्टेचरमा बसेर भए पनि यो पार्टीको प्रमुख बन्नुपर्छ भन्ने मान्छे हौं हामी ।
– तपाईं स्वयम् पनि त पार्टीको पुरानो र संस्थापक नेतामा पर्नुहुन्छ । आफैं प्रमुख भएर पार्टी हाँक्ने लक्ष्य किन राख्नु भएन ?
यसमा दुईवटा कुरा हुन्छ । एउटा तत्काल आफूसँग केन्द्रित विषयहरू हुन्छन् । मैले पाउँछु कि पाउँदिन भन्ने । अर्को चाहिँ केन्द्रीय राजनीतिको दिशा हुन्छ । देशको केन्द्रीय राजनीतिलाई कसरी र कसले निर्देशित गर्ने भन्ने पक्षबाट हेर्नुपर्छ । मैले कहिले पनि आफूलाई केन्द्रमा राखेर सोचिनँ । आफूलाई धुरी मानिनँ । म पार्टीको लागि, आन्दोलनका लागि अधिकतम कसरी उपयोग हुनसक्छु भन्ने मात्रै मेरो चिन्ता रह्यो । व्यक्तिगतरूपमा मलाई कति कम्फर्टेबल भयो, भएन भन्ने महत्वपूर्ण होइन । केन्द्रीय महत्वको अभियानमा म सही ठाउँमा छु कि छैन भन्ने महत्वपूर्ण कुरा हो मेरा लागि ।
के देखियो भने केपी ओली एमालेका लागि मात्रै नभएर देशको लागि आवश्यक हुनुभयो । यतिबेला केपी ओलीको अनुपस्थितिमा मुलुकको राजनीतले सही दिशा लिनसक्ने अवस्था देखिँदैन ।
जिम्मेवारीको कुरा गर्दा ३३ सालमा कोअर्डिनेसन केन्द्रको सदस्य भएँ । ३५ सालमा माले बन्यो । त्यसको केन्द्रीय सदस्य भएँ । ४७ सालमा एमाले बन्दा त्यसको पनि केन्द्रीय सदस्य भएँ । त्यसयता पाचौं, चौंथो, छैटौं, सातौ, आठौं, नवौंसम्म केन्द्रीय सदस्य रहेँ । केन्द्रीय कार्यालयको, सचिवालयको, संगठन विभागको प्रमुख भएँ । दुईपटक महासचिव भएँ । अब तेस्रोपटक महासचिव हुन्नँ ।
कति सफल भएँ भन्ने अलग्गै विश्लेषणको पाटो हो, तर इमान्दारीतापूर्वक जिम्मेवारी निभाउने प्रयास गरेको छु । आफ्नो इमानमा प्रश्न उठ्ने ठाउँ मैले कहिले पनि छोडिनँ । मेरो योग्यता थोरै हुन सक्छ, तर इमान थोरै हुन दिइनँ । यसर्थ अहिलेसम्म पाएको जिम्मेवारी र कार्यसम्पादनमा खुसी छु । अझै भनेअनुसार गर्न पाइएन भन्ने त लाग्छ । तर, इमान छाडेको छैन भन्नेमा गर्व लाग्छ । उद्देश्यप्रति समर्पित हुनुपर्यो । पद मुख्य होइन । यो विषयलाई म एकदम इजी लिन्छु । जहिलेसम्म सक्छु, आन्दोलनको पक्षमा, पार्टीको पक्षमा दृढतापूर्वक उभिन्छु ।
– यो महाधिवेशनमा अध्यक्ष उठौं भन्ने चाहना कहीँ कतै मनमा आएन ?
मैले दुईवटा कुरा गरेको थिएँ । यतिबेला राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान म कहाँ उभिदा राम्रो हुन्छ भन्ने निर्णय लिने हो । दोस्रो, पहिले नै म अध्यक्ष वा यो भनेर घोषणा गर्नु पनि उचित होइन । सल्लाह, परामर्शमा हुने हो । मलगायत हाम्रो नेतृत्वमा रहेका साथीहरू परिस्थितिले जुनसुकै जिम्मेवारी पनि योग्यतापूर्वक बहन गर्न सक्छौं । ममात्रै होइन अरु साथीहरू पनि हुनुहुन्छ । हाम्रो पार्टीमा नेतृत्वको हानाथाप छैन ।
– पार्टी संस्थापनलाई दरिलो साथ दिँदा दिँदै पनि पछिल्लो समय तपाईंलाई संस्थापनबाटै किनारामा पार्ने श्रृंखलाबद्ध घटनाहरू देखिन्छन् । तपाईं स्वयम्ले त्यस्तो महसुस गर्नुभएको छ कि छैन ?
बाहिरबाट हेर्दा, देख्दा, सुन्दा कस्तो लाग्छ थाहा भएन । म एकतर्फी हिसाबले गन्तव्यतर्फ हिँडिरहेको हुन्छु । मैले आफ्नो गन्तव्य हेरेर हिँड्नुपर्छ । आन्दोलनमा लाग्दा कतिपय गाँसिएका प्रश्नहरू आउँछन् । कतिपय प्रश्नको उत्तर भविष्यले दिन्छ । त्यहीबला उत्तर खोजिरहनुपर्दैन । मेरो बारेमा किन भनेर बहस गर्न चाहन्नँ । आफ्नो उद्देश्यप्रति एकटकले समर्पित भएर हिँडिरहनुपर्यो । क्षमता, क्रियाशिलता रहुञ्जेल त्यही लक्ष्य रहन्छ मेरो ।
– पार्टीमा लामो समयदेखिका सहयात्रीहरू माधव नेपाल, झलनाथ, वामदेव लगायतहरू यो महाधिवेशनमा छुट्नुभएको छ । उहाँहरू कत्तिको मिस हुनुहुनेछ ?
उहाँहरू गलत बाटोमा हिँड्नुभयो । आन्दोलनमा लागेका साथीहरू अलग्गिँदा नोक्सानै हुन्छ । उहाँहरू झन् सुरूदेखिका साथीहरू हो, अलग हुनुभएकोमा दु:ख नै लागेको छ । तर, उहाँहरूले एउटा अत्यन्त गलत बाटो समात्नुभो । उहाँहरूभित्रको इमानले उहाँहरूलाई चिमोटिरहनेछ । जुन तरिका र रवैया अपनाएर जानुभयो, त्यसले अहिलेसम्म गरेको योगदानलाई ठूलो नोक्सानी पुर्याउने देख्छु ।
– भविष्यमा फेरि सँगै हुन सक्ने झिनो सम्भावना देख्नुहुन्छ ?
तत्काल त्यो सम्भावना देख्दिनँ । तर, राजनीतिमा सम्भावनाका ढोकाहरू खुल्ला नै हुन्छन् ।
– अहिलेको बिन्दुबाट फर्केर हेर्दा एमालेको सबैभन्दा राम्रो समय वा भनौं ‘स्वर्णकाल’ का रूपमा कुन अवधिलाई लिनुहुन्छ ?
एमाले पार्टीको अग्रगति र प्रगति निरन्तर छ । तर, जुन उचाइमा अग्रगति छ त्यही उचाइमा चुनौती पनि छन् । जबितेलादेखि मदन भण्डारीले एमालेमा नेतृत्वदायी भूमिका खेल्न थाल्नुभयो, हामीले धेरै सैद्धान्तिक तथा राजनीतिक प्रश्नहरूको उत्तर दिँदै अगाडि बढ्यौं । त्यो एउटा महत्वपूर्ण कालखण्ड थियो । ०४६ सालको जनआन्दोलनमा वाममोर्चा बनाउने कुरा, कांग्रेससँग कार्यगत एकता गर्ने कुरा, बहुदलीय जनवादलाई आत्मसात् गर्ने कुरा पार्टी जीवनमा अत्यन्त महत्वपूर्ण छन् । त्यो बेलाको चुनावमा एकैपटक सेकेन्ड लार्जेस्ट पार्टी भएर आयौं । चानचुने सफलता थिएन त्यो ।
माधव, झलनाथ, वामदेव लगायतका नेताहरू गलत बाटोमा हिँड्नुभयो । आन्दोलनमा लागेका साथीहरू अलग्गिँदा नोक्सानै हुन्छ । उहाँहरू झन् सुरूदेखिका साथीहरू हो, अलग हुनुभएकोमा दु:ख नै लागेको छ । तर, उहाँहरूले एउटा अत्यन्त गलत बाटो समात्नुभो । उहाँहरूभित्रको इमानले उहाँहरूलाई चिमोटिरहनेछ ।
त्यसपछि सम्झिनुपर्दा हामीले चलाएको पहिलो ९ महिने सरकार पनि अविस्मरणीय छ । संसारमा कम्युनिष्टहरू सरकारमा गएपछि बदनाम हुन्छन् भन्ने धारणा थियो । तर, हामीले लोकप्रिय सरकार चलायौं । छोटो समयमा हामीले केही उल्लेख्य कामहरू गर्यौं । पछिल्लो समयमा चुनौती आएका छन् । अहिले चुनौतीको सामना गर्ने हिसाबले अगाडि बढ्दैछौं ।
– एमालेको अबका मुख्य चुनौती के हुन् ?
वास्तवमा जेठ ३ को एकतापछि पार्टीमा विश्रृंखलता आयो । विचारमा, संगठनमा, नेतृत्वमा विश्रृंखलता आए । त्यसले सबैतिर पार्टी देखिने तर कहीँ पनि नभेटिने खालको अवस्था बन्यो । अब विचारमा ‘कन्सोलिडेट’ गर्नुपर्ने आवश्यकता छ । त्यसको प्रारम्भ भइसकेको छ । एकै दिन वडा अधिवेशन, एकै दिन पालिका अधिवेशन गर्यौं । निर्धारित समयमा विधान महाधिवेशन गर्यौं र दसौं राष्ट्रिय महाधिवेशन तोकिएको मितिमा गर्दैछौं । एमालेको कतै जुइना खुस्केको, किलाकाँटा खुस्केको छ, त्यसलाई कस्दैछौ । अझै प्रभावकारी राजनीतिक शक्तिका रूपमा स्थापित हुनेछौं ।
– यो महाधिवेशनबाट केपी ओली अध्यक्षमा दोहोरिने निश्चितजस्तो देखिएको छ । के उहाँको नेतृत्व निर्विकल्प हो एमालेका लागि ?
के देखियो भने केपी ओली एमालेका लागि मात्रै नभएर देशको लागि आवश्यक हुनुभयो । यतिबेला केपी ओलीको अनुपस्थितिमा मुलुकको राजनीतले सही दिशा लिनसक्ने अवस्था देखिँदैन ।
– महासचिव फेरि हुन्न भनिसक्नुभयो । अब तपाईंको उम्मेदवारी चाहिँ बरिष्ठ उपाध्यक्षमा हो ?
हामीले कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने गरी विधान बनाएका छौं । त्यसैले म तेस्रोपटक महासचिव हुने कुरा आएन । चाहना पनि छैन । अरु कुरामा सल्लाह/परामर्श भइरहेको छ । पार्टी अध्यक्ष र अन्य साथीहरूको परामर्शमा उचित निर्णय लिनेछु ।